radiochitwanonline.com
बिहिबार, माघ ९, २०८२
  • होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • रेडियो कार्यक्रम
  • जोक्स दुनिया
  • विस / स्टाटस
    • Wishes(विस)
    • Status(स्टाटस)
  • अन्य
    • अपराध
    • ग्लोबल
    • स्वास्थ्य
    • शिक्षा
    • रोचक
    • साहित्य
Listen Live: 

सौराहामा फिल्म फेस्टिबलको तयारी पुरा : पर्यटनमन्त्रीले उद्घाटन गर्ने

Radio Chitwan
बुधबार, माघ १७, २०८०

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा भोली बुधबारबाट सौराहा साउथ एशियन फिल्म फेस्टिबलको तयारी पुरा भएको छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा आयोजना गरेको सो फेस्विलको बागमती प्रदेशका सांकृतिक,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्ने छन् । फेस्टिबलको सम्पूर्ण तयारी पुरा भएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । फेस्टिबल सुरुहुनु पूर्व सौराहामा विहान शोभायात्रा निकाल्ने तयारी गरिएको छ । फेस्टिबलका लागि नेपाली सिनेजगतका प्रथम सुपरस्टार भूवन केसी, नेपाली सिनेजगतका पिताको रुपमा परिचित निर शाह र लेखक तथा सञ्चाकर्मी प्रशास सायमी सौराहा आइसकेका छन् । नेपाली चलचित्रको विकास र सौराहा सहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक पौडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधार’ भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको फिल्म फेस्टिबल आयोजना गरिएको उनले बताए ।  फेस्टिबलमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरु रहेका छने् । फेस्टिबलको ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाखको कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ । रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो फेस्टिबलमा आठ राष्ट्रका चलचित्रकर्मीहरुको उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नवीनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, साँस्कृतिक आदान प्रदानलाई बढावा दिने र दक्षिण एशियाली कथाकथनको समृद्धिको उत्सबका रुपमा कथानाक चलचित्र, वृतचित्र, लघुचलचित्र बीच प्रतिस्पर्धा गराइने छ । फेस्टिबलमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए । फेस्टिबलबको सहयोगी संस्थाको रुपम चलचित्र विकास वोर्ड, नेपाल पर्यटन वोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाँउपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाँउपालिका, हेटौडा उपमानहनगरपालिका रहेका छन् । फेस्टिलमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्क स्तरका चलचित्रहरुको प्रर्दशन, चलचित्रकर्मीहरुको जीवनी सम्बन्धी साक्षतकार, नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार र पर्यटन विकास सम्बन्धी अन्तर्क्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी चितवन र पश्चिम चितवनका खेलाडी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने पोखरेलले जानकारी दिए । चलचित्रकाे माध्यमबाट पर्यटन विकास गर्ने र साैराहालाई अन्तराष्ट्रिय स्तरकाे सुटिङ स्पटकाे रुपमा विकास गर्ने याेजना रहेकाे पाेखरेलले बताए । फेस्टिबलको सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाई, सरोज विरही, ज्योती मगर, कृष्ण कंडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा  व्याण्डकको प्रस्तुती रहने क्याराभान नेपालकी सदस्य शान्ति पाख्रिनले जानकारी दिइन । फेस्टिबल पाँच दिन सम्म चल्ने छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

भर्खरै

पुग्यो WorldLink को १० लाख ग्राहाक
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला
रत्ननगर १२ मा नकआउट फुटबल सुरु
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
पूर्वी चितवन वितरक संघकाे बार्षिक साधारण सभा
चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम 
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 
रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
[email protected]
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
समाचार
होमपेज
राजनीति
स्थानीय समाचार
रेडियो कार्यक्रम
अर्थ
मनोरन्जन
अपराध
स्वास्थ्य
शिक्षा
खेलकुद
ग्लोबल
रोचक
साहित्य
जोक्स दुनिया
Visit our FacebookVisit our TwitterVisit our YouTube channel
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
खोज: 
searchenvelope-ocloseheadphonescalendarphonebarsangle-downcirclemap-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram