चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
नेपाल माविको अध्यक्षमा संजिव पौडेल नियुक्त
रत्ननगर । रत्ननगरको नेपाल माविको व्यवस्थापन समितिको अध्यक्षमा संजिब पौडेललाई नियुक्त गरिएको छ । वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेका हुन ।
रत्ननगर नगरपालिकाको शिक्षा ऐन २०७४ को संशोधन सहित दफा १२ को उपदफा १ (क) अनुसार विद्यालय व्यवस्थापन समितिका सदस्यहरु यथाबत रहने गरी अध्यक्षका रुपमा पौडेललाई नियुक्त गरिएको हो । पौडेल जिल्ला समन्वय समिति चितवनका सदस्य समेत हुन । वडा नं २ बाट वडा सदस्यमा निर्वाचित पौडेल नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष घिमिरेले एक औपचारिक कार्यक्रमका बीच नवनियुक्त अध्यक्ष पौडेललाई पद हस्तान्तरण गरेका छन् । सोमबारदेखि पद सम्हालेका पौडेलले नेपाल माविमा विद्यामान प्रधानाध्यापक व्यवस्थापनको विषयलाई टुङ्गोमा पु¥याउने निर्णायक भूमिका खेल्ने बताए । रत्ननगर नगरपालिकाको शिक्षा समितिले नेपाल माविका प्रध्यानाध्यापक बुद्धिराज सुवेदीलाई मोहना माविमा सरुवा गरी रामहरि भण्डारीलाई नेपाल माविको प्रधानाध्यापक बनाएको थियो । पाँच बर्षलाई प्रधानाध्यापक बनेका सुवेदीले आफुमाथि अन्याय भएको भन्दै अदालत सम्म पुगेपछि उच्च अदालत हेटौडाले उनलाई नेपाल माविमा पदबहाली गरिदिएको छ ।
शिक्षा समितिको निर्णय अनुसार भण्डारी पनि अहिले सम्म सोही विद्यालयको प्रधानाध्यापकको रुपमा रहेका छन् । पछिल्लो समय समाजमा दुईवटा प्रधानाध्यापक भएको विद्यालय भनेर नेपाल माविलाई चित्रण गर्न थालिएको छ । समस्याग्रास्त अबस्थामा रहेको नेपाल माविको अध्यक्ष बनेका पौडेलले विद्यालयलाई पुरानै अबस्थामा फर्काएर शिक्षाको गुणस्तर सुधारमा प्रयत्नशिल रहने प्रतिबद्धता जनाए । ‘म कसैको जरो उकाखेर पाल्ने र कसैलाई काखी च्याप्ने मनसायले विद्यालयमा आएको होइन’ पौडेलले भने ‘सुवेदी र भण्डारी दुबै जनासंग छलफल गरेर समस्याको निकास निकाल्ने छु’ ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]