कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ ।
क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताए ।
समृद्धिको पूर्वाधार, पर्यटनको आधार’ भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरु रहने छन् । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाखको कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ।
पाँच दिन सम्म चल्ने महोत्सवमा चलचित्र र पर्यटनको विकासको लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका बारेमा शुष्म रुपमा छलफल र बहस गरी नीतिगत सुधारको लागि सरकारको ध्यानर्कषण गराइने उनकाे भनाई छ । रत्ननगर नगरपालिकाकाे मुख्य सहयाेगमा सञ्चालन हुने साे महाेत्सवमा ८ राष्ट्रका चलचित्रकर्मीहरुकाे उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नवीनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, साँस्कृतिक आदान प्रदानलाई बढावा दिने र दक्षिण एशियाली कथाकथनको समृद्धिको उत्सबका रुपमा कथानाक चलचित्र, वृतचित्र, लघुचलचित्र बीच प्रतिस्पर्धा गराइने छ ।
महाेत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ । राष्ट्रिय तथा अन्तराष्ट्रियका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहन साे महाेत्सवकाे अन्य सहयाेगी संस्थाकाे रुपम चलचित्र विकास वोर्ड, नेपाल पर्यटन वोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाँउपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाँउपालिका, हेटौडा उपमानहनगरपालिका छन् ।
महाेत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्क स्तरका चलचित्रहरुको प्रर्दशन, चलचित्रकर्मीहरुको जीवनी सम्बन्धी साक्षतकार, नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार र पर्यटन विकास सम्बन्धी अन्तर्क्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी चितवन र पश्चिम चितवनका खेलाडी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता संघका सचिव तथा महाेत्सव मुल समाराेह समितिका निर्देशक किसान पाेखरेलले जानकारी दिए ।
महाेत्सव मुल समाराेह समितिका सहसंयाेजक तथा साैराहाका व्यवसायी गाेकर्ण गिरीले साैराहामा हुने अन्तराष्ट्रिय स्तरकाे फिल्म फेस्टिवलले सुस्ताएकाे पर्यटनलाई चलायमान बनाउने बताए । महाेत्सवकाे सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाई, सरोज विरही, ज्योती मगर, कृष्ण कँडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा व्याण्डककाे प्रस्तुती रहने छ।
क्याराभान नेपालले यस अघि विरगन्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शन सम्बन्धी फेस्टिवल गरेकाे थियाे । पत्रकार सम्मेलन महाेत्सव मुल समाराेह समितिकी सदस्य शान्ति पाख्रिनले सञ्चालन गरेकी थिइन् ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]