Listen Live: 

खिचरा महोत्सव : थारु संस्कृति संरक्षण र स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेढुंगा सावित

Radio Chitwan
बिहिबार, माघ ११, २०८०

रत्ननगर, १० माघ। पूर्वी चितवनको खैरहनीमा माघी पर्वको अबसर पारेर आयोजना गरिएको नबौं खिचरा महोत्सव बुधबार सकिएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको सो महोत्सवले अपेक्षाकृत सफलता हात पारेको छ । खैरहनी–५, गौचरनमा पुुस २८ गतेबाट सुरु भएर १२ दिन सम्म सञ्चालन भएको सो महोत्सव थारु संस्कृति संरक्षण र स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेढुंगा सावित भएको आयोजकले दावी गरेको छ 

बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलियाको प्रमुख अतिथि रहेको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले खिचरा महोत्सवलाई चितवनबासीको साझा सम्पतीको रुपमा अगाडि बढाउनु पर्ने बताए । खिचरा महोत्सव रमाइलोको लागि मात्र नभएर थारु समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उपयुक्त माध्यम समेत भएको उनीहरुको भनाई छ । माघी पर्वको अबसर पारेर थारु समुदायको साँस्कृति, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनसंग सम्बन्धित १५० बटा स्टल रहेका थिए । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर रहेका थिए । महोत्सवको साँस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय स्तरका कलाकारसंगै थारु संस्कृतिसंग जोडिएका ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच प्रस्तुत गरिएको खिचरा महोत्सवका संस्थापक संयोजक नारायण चौधरीले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनको बजारीकरणको लागि प्रतियोगितात्मक कृषि उपज प्रर्दशनी र थारु समुदाय भित्र नयाँ प्रतिभाको खोजीका लागि खिचरा डान्स आइडल समेत आयोजना गरिएको संस्थापक संयोजक चौधरीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद थपलियाले खिचरा महोत्सवलाई चितवनबासीको साझा सम्पतीको रुपमा विकास गर्न आफुले प्रयास गर्ने बताउनुभयो । उनले पूर्वी चितवनमा हुने अन्य महोत्सवसंग नजुधाई खिचरा महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाब दिनुभयो । उहाँले पूर्वी चितवनमा निर्माणाधिन थारु संस्कृति संग्रहालयको पूर्णताको लागि सहयोग गर्ने बताए । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरी, खैरहनी उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष कुमार खनाल, थाकसका पूर्व बरिष्ट उपाध्यक्ष भजुमनराम महतो लगायतले मन्तव्य राखेका थिए ।

खिचरामा दुई पत्रकार सम्मानित

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ । खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अबसर पारेर जननिकास डटकमका सञ्चालक दिलीप डल्लाकोटी र थारुवान डटकमका चितवन संवाददाता कारी चौधरीलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । पत्रकारिता मार्फत थारु संस्कृतिको संरक्षणमा योगदान गरेको भन्दै डल्लाकोटी र चौधरीलाई सम्मान गरिएको हो । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलिया र थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष रामेश्व चौधरीले डल्लाकोटी र चौधरीलाई नगद सहित सम्मानपत्रले सम्मान गरेका थिए । साथै महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram