कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्सव २०८० आज समापन हुने भएको छ

पौष २८ गतेबाट शुरु भएको महोत्सवको आज समापन हुने आयोजक थारु कल्याणकारीणि सभा क्षेत्र न ७ का सभापति तथा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिनु भयो । समापन कार्यक्रमको प्रमुख अतिथि माननीय श्री जगन्नाथ थपलिया रहेको चौधरीले जानकारी दिए ।
महोत्सवको अन्तिम दिन बुधावार चर्चित गायक आर के थारु लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने पनि आयोजकले जनाएको छ।
महोत्सव परिसर रहेको निशुल्क विशेषज्ञ डाक्टर सेवा अन्तरगत आज नाक कान घाटी विशेषज्ञ डाक्टर विकास पाण्डे ले विरामीको चेक जाच गर्ने प्राथमिक उपचार समितका संयोजक भोला चौधरीले जानकारी दिनु भयो । विरामीलाई निशुल्क औषधी वितरण गरिएको चौधरीले बताउनु भयो ।

खिचरा डान्स आइडको फाइनलमा प्रबेश गरेका अन्तिम आठ प्रतियोगिहरुको भोटिङ आज १२ बजे सम्म खुल्ला रहने र अाजै विजेताकाे घाेषणा गरिने अायाेजकले जनाएकाे छ । जेसिका चौधरी, किमस महतो, खुशी खरेल, सपुन सिरमल, लक्ष्मी सुनार, सुष्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी मध्ये एक जना खिचरा डान्स अाईडलकाे हुने छ।
प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशस् ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सव तुलनात्मक रुपमा सफल भएको आयोजकले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]