Listen Live: 

सकियाे रत्ननगर महाेत्सव : कृषि उत्पादनकाे बजारिकरणमा सफलता

Radio Chitwan
सोमवार, माघ ८, २०८०

रत्ननगर । पूर्वी चितवनकाे टिकाैलीचाैरमा आयाेजना गरिएकाे रत्ननगर महाेत्सवकाे १२औं संस्करण साेमबार सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजनामा पुस २६ गतेबाट सुरु भएकाे महाेत्सव उद्देश्य प्राप्त गरि सम्पन्न भएकाे हाे । कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे उक्त महाेत्सव कृषि उत्पादनकाे बजारीकरणमा सफल भएकाे आयाेजकले जनाएकाे छ । जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेकाे समापन कार्यक्रममा व्यवसायीहरुले महाेत्सवले अपेक्षाकृत उपलब्धी हासिल गर्न सफल भएकाे बताएका छन् ।

महाेत्सवले जिल्लाकाे आर्थिक विकास, उद्यमशिलता विकास र स्थानीय स्तरमा उत्पादित बस्तुकाे बजारिकरणकाे लागि महत्वपूर्ण भूमिका खेलेकाे संघका अध्यक्ष शंकर गिरीले बताए । महाेत्सवकाे तीन लाखले अबलाेकन गर्ने र २५ कराेडकाे काराेबार हुने अपेक्षा र अनुमान गरिएकाे थियाे ।

महाेत्सवमा आयाेजककाे अपेक्षा भन्दा बढी आर्थिक काराेबार भएकाे बुझिएकाे छ । समापन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण बैध्यले महाेत्सवले कृषि उत्पादन र बजारीकरणमा दीर्घकालिन प्रभाव पार्ने बताए । महाेत्सव रमाईलाेकाे लागि मात्र नभएर स्थानीय उत्पादनकाे बजारीकरण गर्ने उपयुक्त माध्यम पनि हाे ।

जिल्ला समन्वय समितिका अध्यक्ष अधिकारीले जिल्लाकाे आर्थिक विकासकाे लागि महाेत्सवले अर्थपूर्ण भूमिका खेलेकाे बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्लाकाे अर्थतन्त्रलाई चलायमान गराउन महाेत्सव सफल भएकाे बताए ।

उनले १५ दिन भित्र महाेत्सवकाे आम्दानी खर्च सार्वजनिक गर्न आयाेजकलाई आग्रह गरेका छन् । कार्यक्रममा संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले महाेत्सवकाे उद्देश्यका बारेमा प्रकाश पारेका थिए । संघका अध्यक्ष शंकर गिरीकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, नेकपा एमालेका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram