Listen Live: 

रत्ननगर महाेत्सव : शनिबार ४२ हजारले गरे अबलाेकन

Radio Chitwan
शनिबार, माघ ६, २०८०

त्ननगर । टिकाैल‌ी चाैरमा जारी रत्नगगर महाेत्सवमा शनिबार ४२ हजारले अबलाेकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजना गरेकाे उक्त महाेत्सवमा एकैदिन ४२ हजार बढीले अबलाेकन गरेकाे आयाेजकले जनाएकाे छ ।

महाेत्सवमा अहिले सम्मकै अत्याधिक भीड भएका कारण आयाेजकलाई नियन्त्रण गर्न मुस्किल भएकाे थियाे । माघ एक गते ३६ हजारले महाेत्सव अबलाेकन गरेका थिए ।

महाेत्सव सकिने दिन नजिकिदै गर्दा शनिबार अबलाेकनकर्ताकाे संख्या अत्याधिक भएकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले बताए । शुक्रबार सम्म एक लाख ७८ हजारले महाेत्सव अबलाेकन गरेकाे तथ्याङ्क आयाेजकले दिएकाे थियाे ।

यसैबीच महाेत्सव अन्तर्गत शनिबारै साहित्य गाेष्ठी सम्पन्न गरिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजना तथा महिला उद्यमी गाेष्ठी व्यवस्थापन समितिकाे व्यवस्थापनमा गाेष्ठीकाे गरिएकाे हाे । महाेत्सव अन्तर्गत कला साहित्यकाे विकासकाे लागि साहित्य गाेष्ठी आयाेजना गरिएकाे हाे । संघका अध्यक्ष शंकर गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता मार्फत जिल्लाकाे आर्थिक विकासकाे चर्चा गरेका थिए ।

रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरे प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा संघका पूर्व अध्यक्ष गाेपालराज कर्माचार्य, नारायणकाजी श्रेष्ठ, साहित्यकार तिलकराज शर्मा, धनराज गिरी लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा कवि तथा साहित्यकारहरु राजेन्द्र घायल, सुरेशचन्द्र आचार्य,कृष्णा शर्मा, माेदनाथ मरहठ्ठा, किसान प्रेमी, गणेश प्रसाद शर्मा, रामलाल कुमाल, दुर्गा पुरी, लीलादेवी दाहाल, चेतनाथ रेग्मी, दुर्गाप्रसाद पाैडेल, सर्वज्ञ पाैडेल, गिरीराज डल्लाकाेटी, यमुना न्याैपाने लगायतले रचना बाचन गरेका थिए । कार्यक्रम संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठ कर्मचार्यले सञ्चालन गरेकी थिइन ।महाेत्सवकाे १२औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए । रत्ननगर महाेत्सव माघ ८ गते सम्म चल्ने छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram