Listen Live: 

रत्ननगर-८ मा विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण

Radio Chitwan
शुक्रबार, माघ ५, २०८०

रत्ननगर,माघ ५- रत्ननगर नगरपालिका वडा नम्वर-८ का विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।

वडा कार्यलयले बढ्दो चिसोपनालाई मध्यनजर गरेर वडाका ज्येष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्ति तथा एकल महिलालाई लक्षित गरी सम्मान स्वरुप न्यानो फाइबरको सिरक बितरण गरेको हो ।

बिहिवार वडा कार्यालयमा आयोजीत सो कार्यक्रममा विपन्न, ज्येष्ठ नागरिक,फरक क्षमता भएका ब्यक्ति तथा एकल महिला गरि ३५० जनाका लागि सो सामग्री वितरण गरिएको हो।

रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख  आतिथ्यता रहेको सो कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला तथा भिन्न क्षमता पहिचान उपभोक्ता समिती रनपा-८का संयोजक शिव प्रसाद आचार्य सभाध्यक्ष रुपमा रहेका थिए।

सो अवसरमा कार्यालयले दलित समुदायको उद्यमशिलतामा सहजता दिने उद्देश्यले वडाका २ जनालाई आधुनिक आरनको मेशिन बितरण गरेको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले भने " हाम्रा समाजका अनुभवका खानी हाम्रो ज्येष्ठ नागरिकलाई सम्मान र माया गर्नु हाम्रो संस्कार र दायित्व भएकाले स्थानिय सरकार यसमा कहिलै चुक्ने छैन।" 

विपन्न र ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य केन्द्रमा नि:शुल्क सेवा र अस्पतालमा अति आवश्यक परेमा नगरपालिका सदैव तयार रहेको उनले बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वडाध्यक्ष कृष्ण चौधरी,

त्यस्तै,अतिथिहरुमा वडा सदस्यहरु बिष्णु प्रसाद आचार्य,दुर्गा विक,सीता अधिकारी र केदार कुमार श्रेष्ठ रहेका थिए।

कार्यक्रममा ज्येष्ठ नागरिक समन्व्य समिती,रनपा-८ को उपाध्यक्ष प्रेम कुमार थपलियाले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रम वडा सचिव रुप बहादुर पण्डित क्षेत्रीले संचालन गरेका थिए।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram