Listen Live: 

रत्ननगर महाेत्सव : नवाैं दिन सम्म एक लाख ७८ हजारले गरे अबलाेकन

Radio Chitwan
शुक्रबार, माघ ५, २०८०

रत्ननगर। पूर्वी चितवनकाे टिकाैलीचाैरमा जारी रत्ननगर महाेत्सवकाे नवाै दिन सम्म एक लाख ७८ हजारले अबलाेकन गरेका छन् । रत्नगगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवमा तीन लाखले अबलाेकन गर्ने अपेक्षा गरिएकाे थियाे । उक्त महाेत्सवकाे पहिलाे दिन १५ हजार, दाेस्राे दिन  १३ हजार, तेस्राे दिन १५ हजार, चाैथाे दिन  १५ हजार, पाँचाै दिन ३६ हजार, छैठाै दिन १६ हजार, साताै दिन  १५ हजार, आठाैं दिन २२ हजार, नवाै दिन २६ हजार बढीले अबलाेकन गरेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । 
महाेत्सवमा रहेका खास खास विषयले दर्शकलाई लाेभ्याएकाे छ । महाेत्सवमा निर्माण गरिएकाे कृषि परिसर, सांस्कृतिक घर र माेटलबाेटमा अत्याधिक भिड हुने गरेकाे छ ।  कृषि परिसरमा मकै वाली लगाइएकाे छ । मकैकाे स्टाचु र मकैकाे ढाेढबाट घर निर्माण गरिएकाे छ । माछा पाेखरी र च्याउकाे टनेल समेत रहेकाे कृषि परिसरमा गाईले बाच्छीलाई दूध चुसाउदै गरेकाे मुर्ति निर्माण गरिएकाे संघका उपाध्यक्ष हरि अधिकारीले जानकारी दिए । कृषि परिसरमा रहेकाे यिनै दृश्य हेर्ने र फाेटाे खिच्नेकाे भीड थामिनसक्नु छ । यता विभिन्ना जातजातिकाे परम्परागत घर हेर्ने र फाेटाे खिच्नेकाे भीड पनि उस्तै रहेकाे छ । रत्ननगर महाेत्सवकै इतिहासमा पहिलाे पटक सञ्चालन गरिएकाे माेटलबाट चढेर जलयात्रा गर्नेकाे पनि संख्या उत्तिकै छ । त्यसैगरी उद्यमी महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु समेत महत्सवमा अपेक्षाकृत विक्री भइरहेकाे छ । घरेलु अचार, हस्तकलाका सामाग्री, ग्रुन्द्रुक लगायतका सामाग्री उत्पादन गरि महिलाहरुले महाेत्सवमा विक्रीका लागि राखेका छन् । सहकारीले उत्पादन गरेका दुधका परिकारहरुले महाेत्सवमा राम्राे बजार पाएका छन् ।  रत्ननगर महाेत्सवकाे १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् ।  यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए । यसैबीच महाेत्सव अन्तर्गत टाँडीमा आयाेजना गरिएकाे रत्ननगर सांस्कृतिक खाना महाेत्सव विहीबार सकिएकाे छ । रत्ननगर महाेत्सव माघ ८ गते सम्म चल्ने छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram