Listen Live: 

कालिका नगरपालिकाको हिउँदे नगर सभा : दुई विधेयक तथा दुई कार्यविधि पारित

Radio Chitwan
आइतवार, पुस २९, २०८०

चितवनको कालिका नगरपालिकाले आइतबार हिउँदे अधिवेशनका रुपमा (दोस्रो कार्यकालको चौथो नगर अधिवेशन) नगरसभा सम्पन्न गरेको छ ।  

हिउँदे नगर सभाले दुई महत्वपूर्ण विधेयक र दुई कार्यविधि पारित गरेको छ । नगर सभाले नगर प्रज्ञा प्रतिष्ठान विधेयक, नगर प्रहरीको दरबन्दी स्वीकृत विधेयक र तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि, उद्यम विकास कोष सञ्चालन तथा परिचालन कार्यविधि पारित गरिएको मेयर विनोद रेग्मीले जानकारी दिए ।

नगर सभामा उप मेयर विमला तामाङले न्यायिक समिति, राजश्व परामर्श समिति, विधायन समिति र अनुगमन समितिको प्रतिवेदनको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो अवसरमा उनले न्यायिक समिति अन्तर्गत चालू आर्थिक वर्षमा दर्ता हुन आएका ११ वटा मुद्दाहरु ७ वटा मुद्दा मेलमिलापबाट टुङ्गो लगाएको र ४ वटा मुद्दा छलफलमा रहेको जानकारी दिइन् ।

चालू आर्थिक वर्षमा ५ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ महिनाको अवधिमा करिब ५० प्रतिशत अतार्थ २ करोड ४५ लाख राजश्व संकलन भइसकेको उनले जानकारी दिइन् । 

नगर सभामा सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बीरेन्द्र तामाङ, आर्थिक विकास समितिका संयोजक दीपक सिंह परियार, लेखा समिति संयोजक टीकाराम रेग्मी, संस्थागत विकास तथा सुसासन समितिका संयोजक दीपक बहादुर भट्टराईले चालू आर्थिक वर्षमा भएका काम र उपलब्धी प्रस्तुत गरेका थिए ।

नगर सभाले तेस्रो नगर सभाले विनियोजन गरेका योजनाहरु मध्ये सञ्चालन हुन नसक्ने तथा तत्काल नगरी नहुने अन्य आवश्यक योजनाहरुलाई साविकमा विनियोजन गरेको बजेटको परिधि भित्र रही रकमान्तर र बजेट संशोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 13, 2024
साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका […]

February 12, 2024
भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ

चितवन  : भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram