Listen Live: 

खैरहनीमा सुरु भयो खिचरा महोत्सव 

Radio Chitwan
आइतवार, पुस २९, २०८०

चितवन — थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर शनिबारदेखि खैरहनी नगरपालिका–५. गौचरनमा ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।चितवनका आदिवासी सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ भनेर मनाउने गर्दछन् ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताए ।

हालका जिल्ला अध्यक्ष ललित चौधरीले चितवनमा ठुलो संख्यामा बसोबास गर्ने आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक परिकारहरु प्रवर्द्धन गरे बागमती प्रदेशकै पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताए । तर प्रदेश सभामा थारुहरुको प्रतिनिधित्व रहन छाडेको हुँदा समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा ल्याउन मन्त्री लामासँग माग गरे ।

महोत्सवमा थारु संस्कार संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु रहेको मुल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिए ।

यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् ।

थारु समुदायका मौलिक गीत र नाँचहरु प्रसस्तै छन् । तर पछिल्लो समय ति हराउँदै जान लागेका छन् । थारु समुदायका प्रचलित ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी नाँच जस्ता साँस्कृतिक नृत्यहरु महोत्सव अवधिभर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताए ।

महोत्सव स्थलमा थारु समुदायको ब्रहृम थानदेखि हस्तकलाका सामाग्री र घोगी र चिच्चर पोकाको मुर्तीहरु प्रदर्शनीका लागि राखिएको छ । महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram