कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रधानमन्त्रीको उपस्थितिमा कुमाल समुदायले गोलाघाटमा ‘माघे सक्राति’ मनाउदै

चितवन । कुमाल समुदायले ‘माघे सक्राति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालको आयोजनामा देशभरका कुमाल एकै स्थानमा जम्मा भएर हर्स उल्लासका साथ माघे सक्राति पर्व मनाउन लागेको हो । पुस २८, २९ र माघ १ गते चितवनको भरतपुरस्थित पर्यटकीय क्षेत्र नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटमा महोत्सवकै रुपमा पर्व मनाउन लागेको समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमाल विशालले जानकारि दिए । उत्सवमा सांस्कृतिक कार्यक्रमसहित मौलिक वेशभूषा प्रदर्शन हुने जनाइएको छ । आफ्नो मौलिक घर, पाहुनाको स्वागत सत्कारका चाल चलनलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने अध्यक्ष कुमालले बताए । अध्यक्ष कुमालका अनुसार कुुुमाल समुदायका लागि माघे सक्राति दसैँ, तिहारभन्दा पनि ठूलो पर्व हो । तर राजपत्रमा सम्बोधन हुन नसकेको गुुनासा गरे उनले भने, “अन्य समुदायको पर्वलाई राज्यले सम्बोधन गरेको तर कुमाल समुदायको पर्वलाई सम्बोधन नगरेकाले प्रधानमन्त्रीलाई नै सहभागी गराएर कुमालको पनि माघे सक्राति छ भनेर देखाउने र राजपत्रमा सम्बोधनका लागि पहल गर्न कार्यक्रम गरिएको हो ।” सो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कुमाल समुदायले पहिलो पटक राष्ट्रिय रुपमा माघे सक्राति मनाउन लागको हो । कुमाल समुदाय देशका ७० वटा जिल्लामा एक लाख ३० हजार हाराहारीमा छन । थर बदल्ने कारणले कुमाल समुदाय कम भएको अध्यक्ष कुमालले बताए । उक्त कार्यक्रममा ७० जिल्लाबाट छ हजार मानिस सहभागी हुने बताइएको छ । महोत्सवमा कुमाल समुदायको मौलिक घर, खाना, वेशभूषा, नृत्य र राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने गरी तयारी भइरहेको छ । यस कार्यक्रमबाट लोप हुुदै गरेको कुमाल समुदायको संस्कृति संरक्षण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । प्रकृति पूजक कुमाल जातिले राष्ट्रिय पर्वको रुपमा माघे सक्राति मनाउनुको आफ्नै विशेषता र प्राकृतिक महत्त्व छ । खेतीबाली भित्रयाएपछि पुसमा पकाएर, माघमा खाने चलनको रूपमा प्रचलित छ । सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले नयाँ वर्ष शुरुवातको रूपमा मान्ने गर्दछन् । कुमाल जातीमा माघे सक्राति मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व ठुलो सक्राति पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस पर्वमा मासको दाल, चामल, बेसार, घिउ मिसाइएको खिचडी खाने चलन छ। सक्रातिको बिहानै घरको मुलि खोलामा गएर नुहाउने र घरमा आइ पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा छ । छोरी कुटुम्बलाई घरमा बोलाएर पुज्ने समत गरिन्छ । कुखुरा सुँगुरको मासु, माछा, सेल रोटी, फुलौरा, भाते जाँड, साथमा अन्य मिठामिठा परिकार, प्राकृतिक फल÷कन्दमुल तरुल, पिडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने चलन छ। माघे सक्रातिमा हेम्फाइ नाच नाच्ने चलन पनि रहेको छ । दास प्रथा अन्त्य भएको दिनको रुपमा कुमाल समुदायको माघे संक्रान्ति भुमी पुत्र कुमाल समुदायले माघे संक्रान्ति पर्वलाई दास प्रथाको अन्त्यको दिनको रुपमा समेत मनाउने गर्र्छ । जिम्दार प्रथामा धेरै जसो कुमालहरु अरुको घरमा काम गर्न बस्ने गर्दथे । सम्पूर्ण जग्गा जमिन जिम्दारको हातमा हुन्थ्यो । जसका कारण पनि अरुको घरमा हली बस्नुपर्ने बाध्यता थियो । माघे संक्रान्तिकै दिन हली राख्ने र फुकुवा गरिने हुनाले यो दिनलाई मुक्तिको दिन वा स्वतन्त्रताको दिनको रुपमा हेरिने गरिएको छ । यस दिन घरमा काम गरिरहेको हलीले काम छोडेर नजावस भनेर जिम्दारले मिठा–मिठा भोजन समेत खुवाउने प्रचलन थियो । कुमाल पहिचान संस्कार र संस्कृृतिमा कलम चलाउदै आउनुभएका राम सिंह कुमालका अनुसार ‘एक वर्षको लागि हली राखिन्थ्यो । यसै दिनमा नै जिम्दारको घरमा अर्को वर्षका लागि काम गर्न बस्ने कि नबस्ने भन्ने कुराको छिनोफानो हुन्थ्यो । फकाउनको लागि पनि मिठा–मिठा खाने कुराहरु खुवाउने चलन थियो ।’ हलीबाट मुक्त भएकाहरुले भने सबै चेलीबेटीहरुलाई बोलाएर रमाइलो गर्ने प्रचलन रहेको उनले बताए । मुसो खन्ने चलन मुसो खन्ने चलन कुमाल जातिमा पहिला देखिनै चलेको चलन हो । विशेषगरी गाईगोठमा रहेकाहरुले मिलेर मुसो खन्ने गर्दथे । मुसो खन्ने चलनमा मुसोको दुलाबाट धान निकालेर संकलन गरिन्छ । यसरी संकलन गरिएको धानलाई कुटेर माघे संक्रान्तिको लागि जाँड बनाउने प्रचलन रहेको कुमाल समाज सुधार समितिका केन्द्रीय सदस्य खुस बहादुर कुमालले जानकारी दिए । माघे संक्रान्तिको रातमा एक ठाउँमा जम्मा भई रोधी बस्ने र त्यही रात नै मन मिलेका जोडीहरु भागेर विवाह गर्ने प्रचलन समेत कुमाल समुदायमा रहेको छ । यस्तै यो पर्वमा धानको सिला खोज्ने प्रचलन पनि कुमाल समुदायमा छ । धान काटेपछि गोठालाहरुलाई सिला खोज्ने विशेष जिम्मेवारी दिइन्छ । उनीहरुले खोजेको सिलालाई एक ठाउँमा जम्मा गर्ने र मिलमा कुटेर निकालिएको चामलले जाँड पकाउने चलन छ । यो जाँड संक्रान्तिको दिनमा नै खाने चलन छ । खिचडी र अचारको परिकार यस दिन अन्य समुदायले विशेष गरेर घिउ, चाकु, तिलको लड्डु र तरुललाई मुख्य परिकार बनाएर खाने गर्छन । तर कुमाल समुदायले भने खिचडी र अचार बनाएर खाने गर्दछन् । यो दिन थरिथरिका अचार बनाउने गरिन्छ । विशेषगरी खुर्सानीको अचार धेरैको रोजाइमा पर्ने भएकाले सबैले यो अचार बनाएर खाने गर्छन । यसका साथै यो पर्वमा गङगटा, चिचर, माछा, घोङ्गी, तरुल, पिडालु पनि कुमाल समुदायको मुख्य परिकार हुन् । पितृको सम्झना माघे सक्रातिका दिन गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । सोही अनुसार यस दिन प्रकृति पुजक कुमाल समुदायका मानिसहरु नदीमा स्नान गरी पितृलाई सम्झी पूजा गर्ने गर्छन । साथै यो पर्वमा चेलीबेटी पुज्ने समेत गरिन्छ ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]