Listen Live: 

खैरहनीमा थारू संस्कृति जाेगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन

Radio Chitwan
शनिबार, पुस २१, २०८०

रत्ननगर । पूर्वी चितवनकाे खैरहनीमा नवाैं खिचरा महाेत्सवकाे तयारीलाई तीब्र पारिएकाे छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ काे आयाेजनामा खैरहनी-५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म महाेत्सव सञ्चालन हुने छ । आयाेजकले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी गराएकाे हाे । माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा-साहित्य, कला-संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरिएकाे हाे । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै आएकाे छ । आदिमकालदेखि नै आदिवासी थारु समुदायको बसोबास रहेको यस क्षेत्रमा चितवन जिल्लाकै पहिलो यस प्रक्तिको महोत्सवको आफ्‌नै विशेषता र महत्व रहेको छ। "राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान" भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको नवौ खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि २०१ सदस्यीय खिचरा महोत्सव मुलआयोजक र १५ वटा विभिन्न विषयगत समितिहरु गठन गरिएका छन् । खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवर्द्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको छ । यस महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई सम्पूर्ण जातजातिहरुले गर्वको रुपमा लिने गरेकाे महाेत्सव मुल आयाेजक समितिका संयाेजक रामेश्वर चाैधरीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीयकला संस्कृक्तिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन गराउन १५० बटा स्टल रहने छ। होटल स्टलहरुमा थारु जातिका साथ-साथै विभिन्न जातिका खानाका परिकारहरु रहनेछन्। यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् ।

गरिनेछ । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर समेत रहनेछ । महोत्सबकै अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। विगतवर्ष झै यसवर्ष पनि महोत्सबमा प्रवेशका लागि टिकट शुल्क रुपमा रु.५० र विद्यार्थीका लागि परिचयपत्रको माघारमा रु.३०।- कायम गरिएको थारू कल्याणकारिणी सभाकी केन्द्रीय पार्षद चन्द्राकुमारी चाैधरीले जानकारी दिईन । 

 जेष्ठ नागरिक र अपाङगहरुलाई पनि सहुलियत दरको टिकट कायम गरिएको छ भने टिकटघरमा हुने बत्यधिक भिडभाड नियन्त्रणका लागि डिजिटल प्रविधिबाट टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएकाे छ। साँस्कृतिक कार्यक्रम तर्फ  महोत्सव अवधिभर ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच जस्ता साँस्कृतिक नाचगीतहरुको बेजोड प्रस्तुति रहनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको  प्रस्तुति तथा खिचरा डान्स नाइडल रहनेछ । विगत वर्ष भौ यसवर्ष पनि महोत्सवबाट विभिन्न विधामा नगदसहित सम्मान गरिनेछ । पूर्वी चितवन तरकारी खेतीको मुख्य केन्द्रविन्दु रहेको हुँदा हरेक वर्षझै कृषकहरुलाई नगदसहित सम्मान गरिनेछ । समापन कार्यक्रममा बादिबासी जनजातिका सवालहरुमा क्रियाशिल रहेका चितवनका पत्रकारहरु मध्ये एकजनालाई नगदसहित सम्मान गरिनेछ । महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ। महोत्सवको सह-आयोजकको रुपमा उद्योग वाणिज्य संघ खैरहनी तथा सहयोगी संस्थाको रुपमा खैरहनी चेम्बर अफ कमर्श, नेपाल विद्युत् प्राधिकरण टाँडी शाखा, पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था एवम् थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ देखि १० सम्म रहेको छ । महोत्सवका समुदघाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने आयाेजकले जनाएकाे छ ।   थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चाैधरी प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा वडाध्यक्षहरु छत्रनाथ सुवेदी, मनेजर चाैधरी, बन्धुराम महताे, कार्यबहाक वडाध्यक्ष सुरेन्द्र चाैधरी,थाकसका केन्द्रीय पार्षद कृष्णलाल चाैधरी, थाकस क्षेत्र नं ७ का संस्थापक अध्यक्ष नारायण महताे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram