कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
हरिहर मन्दिरमा महायज्ञकाे आम्दानी खर्च सार्वजनिक

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १ निपनीमा रहेकाे गायत्री हरिहर मन्दिरमा आयाेजना गरिएकाे महायज्ञकाे आयव्याय सार्वजनिक गरिएकाे छ । मन्दिर परिसरमा शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि महायज्ञकाे आम्दानी खर्च सार्वजनिक गरिएकाे छ । महायज्ञमा २८ लाख ११ हजर ४७८ आम्दानी भएकाे र ५ लाख ९५ हजार ८५७ खर्च कटाएर २२ लाख १५ हजार ६२१ बचत भएकाे काेषाध्यक्ष मुकुन्द शर्मा आचार्यले जानकारी दिए । वडा नं१ का वडा सदस्य गिरिराज लम्साल प्रमुख अतिथि रहेकाे साे कार्यक्रम मन्दिर व्यवस्थापन समितिका कार्य बहाक अध्यक्ष निलकण्ठ शर्मा पाैडेलकाे अध्यक्षतामा भएकाे थियाे । महायज्ञ मुल आयाेजक समितिकी संयाेजक राधिका मिश्र, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज शर्मा पाैडेल, शाेभायात्रा व्यवस्थापन समिति संयाेजक अम्विका पुरी, मन्दिरका पूर्व अध्यक्ष नारायण प्यासी, कार्यसमिति सदस्य रामप्रसाद पाैडेल लगायतले मन्तव्य राखेका थिए । मन्दिर तथा धर्मशाला निर्माण र गुरुकुलम सञ्चालनकाे लागि आर्थिक संकलन गर्न पाैष ४ देखि ११ गते सम्म महायज्ञ सञ्चालन गरिएकाे हाे ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]