काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
चितवन बन्यो तीन वर्षपछि कोरोना मुक्त

चितवन, १४ चैत्र । चितवन तीन वर्षपछि कोरोना भाइरस (कोभिड–१९ं) मुक्त भएको छ । २०७६ चैत ३ गते पहिलोपटक राप्तीका आमाछोरामा संक्रमण देखिएको झण्डै तीन वर्षपछि चितवन पहिलो पटक कोरोना भाइरस मुक्त भएको हो ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार, आज चितवन संक्रमण मुक्त भएको हो ।
जिल्लामा २ सातादेखि कोरोना संक्रमित भेटिएका थिएनन् । चार दिनदेखि जिल्लामा एक जना संक्रमित थिए । चितवनमा तीन वर्षको अवधिमा ३३ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये सबैभन्दा बढी पुरुषमा संक्रमण देखिएको थियो । १७ हजार ७८३ जना पुरुषमा संक्रमण पुष्टि हुँदा १५ हजार ७६५ जना महिलामा संक्रमण देखिएको थियो । त्यसमध्ये ४४९ जनाको मृत्यु भएको छ ।
जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा बढी संक्रमित भेटिएका थिए । महानगरमा २३ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको थियो । यहाँ २८६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा तीन हजार ३४२ जना भेटिएका थिए । रत्ननगरमा कोरोना संक्रमणबाट ४७ जनाले ज्यान गुमाए ।
यसैगरी खैरहनी नगरपालिकामा एक हजार ८३२ जनामा संक्रमण पुष्टि हुँदा ३२ जनाको मृत्यु भएको थियो । माडी नगरपालिकामा एक हजार ६१५, राप्ती नगरपालिकामा एक हजार ३५४ र कालिकामा एक हजार १५४ जनामा संक्रमण देखिएको थियो । यी नगरपालिकामा क्रमशः २१, ३२ र २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै इच्छाकामना गाउँपालिकामा सबैभन्दा थोरै ३६५ जनामा संक्रमण देखिएको थियो । इच्छाकामनामा तीन जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालका कोरोनाका क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले भरतपुर अस्पताल पूर्णतया कोरोनामुक्त भएको तीन दिन भएको बताए । औपचारिक घोषणा हुन बाँकी रहे पनि चितवनका खोप र बुस्टर डोजको कभरेज बढेसँगै संक्रमण घट्न थालेको हो । उनले भने, ‘ चीनमा देखिएको नयाँ भेरियन्ट भारत हुँदै नेपाल नभित्रिए अहिलेलाई हामी संक्रमणमुक्त भएका छौं ।’ कोरोनाको जोखिम कायमै रहेकोले निर्धक्क भएर हिड्ने अवस्था भने नरहेको बताए । उनले भने, ‘अहिले संक्रमण मुक्त त भयौं तर कोरोना थप शक्तिशाली भएर आयो भने यसै भन्न सकिन्न ।’
चितवनमा कोरोना संक्रमणको अवस्था :
२०७६ चैत ३ गते बेलायतबाट आएका आमाछोरामा संक्रमण देखिएको थियो । ६३ वर्षकी आमा र २७ वर्षका छोरा थिए । सो महिनामा दुई जना मात्र संक्रमण देखियो । चैत ११ गतेबाट लकडाउन सुरु गरेपछि वैशाख महिनामा एक जनामा पनि संक्रमण देखिएको थिएन । तर, उनीहरु कोरोना मुक्त भएका थिएनन् ।
कोरोना संक्रमण बिस्तारै बढ्दै जेठ महिनामा ३४ जनामा पुष्टि भयो । सोही महिना एक जनाको मृत्यु समेत भएको थियो । कोरोना थपिँदै असार महिनामा ७४ जनामा देखियो । साउनमा १०५ जनामा संक्रमण देखियो । ह्वात्तै बढ्दै भदौ महिनामा एक हजार १४६ जनामा पुग्यो । सोही महिना १६ जनाको समेत मृत्यु भयो । पहिलो लहर आउँदा कात्तिक महिनामा सबैभन्दा बढी संक्रमित भेटए । सो महिनामा दुई हजार १५८ जनामा संक्रमित देखिए । सोही महिना ४४ जनाले समेत ज्यान गुमाए । त्यसपछि क्रमशः घट्दै २०७७ फागुन महिनामा आउँदा ९६ जनामा झ¥यो ।
९६ जनामा झरेको संक्रमण दर फेरि डेल्डा भाइरस संक्रमण सुरुभएपछि ह्वात्तै बढ्यो २०७७ को चैत महिनामा मात्रै चार हजार १७७ जनामा संक्रमण देखिएको थियो । त्यसपछि दुई महिना क्रमशः घट्दै गयो । २०७८ सालको वैशाखमा तीन हजार ८८१ र जेठ महिनामा तीन हजार ४२ जनामा देखियो । फेरि असार महिनामा डेल्टा चरम रुपमा फैलियो । संक्रमण देखिएको १५ महिना अवधिको सबैभन्दा बढी असारमा पाँच हजार २६५ जनामा देखियो । साउनमा ह्वात्तै घटेर दुई हजार १११ जनामा झ¥यो । त्यसपछि क्रमशः घट्दै मंसिरमा आउँदा २८४ जनामा झरेको थियो । चितवनमा सबैभन्दा बढी डेल्टा भाइरस खतरनाक रुपमा भैलिएको थियो । डेल्डा फैलिएको समय अर्थात दोस्रो चरणमा ३२० जनाको ज्यान गएको छ ।
बिस्तारै संक्रमणदर घट्दै गएको समयमा तेस्रो लहरका रुपमा ओमिक्रोन भाइरस भित्रियो । जिल्लामा ओमिक्रोनको यथेष्ट पुष्टि नभए पनि पुसबाट फैलिएको अनुमान छ । माघमा २०० मा भरेको संक्रमणदर पुसमा ७०० पुग्यो । एक्कासी बढ्दै माघ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुग्यो । सो महिनामा पाँच हजार ५५४ जनामा संक्रमण पुष्टि भएको थियो । फेरि ह्वात्तै घट्दै फागुन महिनामै १५० जनामा झ¥यो । त्यसपछि चैत महिनामा शून्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]