Listen Live: 

दुरा सेवा समाज भरतपुर चितवनले मनायो म्हैप्रुनकुमा (खाजा खाने)पर्व

Radio Chitwan
आइतवार, पुस १५, २०८०

चितवन,भरतपुर

पौष १५

दुरा सेवा समाज भरतपुर चितवन ले म्हैप्रुनकुमा (खाजा खाने)पर्वको अवसर पारेर शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वार्ड नं ७ विणी चोक मा रहेको रोज गार्डेन मा एक भव्य कार्यक्रम गरिएको थियो ।
वागमती प्रदेश सभासद गिता गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुरा सेवा समाजका नेपाल का सल्लाहकार लक्ष्मण दुरा ,दुरा सेवा समाज भरतपुरका संरक्षक दल बहादुर दुरा ,नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष महेन्द्र दुरा जनजाती पत्रकार महासघका अध्यक्ष रमेश राना मगर, भरतपुर महानगर वडा नं ९ को महिला सदस्य कोपिला दुरा ,दुर ाविधार्थी संघका अध्यक्ष अनु दुरा ,दुरा महिला समाज भरतपुरको अध्यक्ष अजा दुरा लगायत को उपस्थिती रहेको थियो । ं विधार्थी समाज चितवन ले विभिन्न सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।


आदिवासी जनजाती महासंघ जिल्ला समिती चितवन का अध्यक्ष महेन्द्र दुराले कार्यक्रम बोल्दै दुरा समुदाय हरु यत्रतत्र भएर छरिएर संगठित गर्न कठिनाई भईरहेको अवस्था पछिल्लो समयमा आएर सबै एकत्रित्र भएर आज यो कार्यक्रम गर्न सफल भएकोमा आफु खुशी भएको वताउनु भयो । आफनो कला सस्कृती लाई जोगाई राख्नका लागि अब विधार्थी भाईवहिनीहरु लागी पर्नु पर्ने समेत जोड दिनु भयो । साथै अहिले आएर भरतपुर दुरा समाजले २ कटठा जग्गा समेत जोडन सफल भएको अब उक्त जग्गामा भवन निमार्ण कार्य अगाडी वढाउने तयारी समेत रहेको वताउनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमा का प्रमुख अतिथी वागमती प्रदेश सभसद गिता गुरुङ्ग ले दुरा समुदायको खाजा खाने पर्व तथा वर्ग फेरिएको दिनको शुभकामना दिदै आफु पनि जनजाती समुदायको चेली भएको कारण पछिल्लो समय आफना मौलिक कला संस्कृती भाषाहरु हराउदै गएकोमा चिन्ता लागेको वताउनु भयो । आफनो भाषा ,धर्म सस्कृती हराएर गएको खण्डमा आफनो पहिचान नै नष्ट हुन सक्छ भन्दै नया पुस्ता हरुले आफना परम्परा ,धर्म सस्कृती लाई जगेर्ना गर्न सधै अगाडी वढन भन्नुभयो । पौष १५ गते लाई दुरा जातीहरुले वर्ष फेरिने पर्वको रुपमा समेत मनाईदै आएका दुरा समाज भरतपुर का अध्यक्ष विष्णु प्रसाद दुरा वताउनु हुन्छ । सोहि अनुशार आज पौष १५ अर्थात आजको दिन वाट गरुड वर्ग (ओहवा ) लाई स्वागत गरिएको र विरालो वर्ग (डयाफी) लाई विदाई समेत गरिएको समाजका अध्यक्ष दुराले वताउनु भयो ।


कार्यक्रममा दुरा विधार्थी समाज चितवनले दुरा समाजको भवन निर्माणका लगि आफुहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम वाट रु १ लाख रुपैया सहयोग स्वरुप दुरा समाज भरतपुर का अध्यक्ष विष्णु प्रसाद दुरालाई हस्तानतरण गरेको थियो । कार्यक्रममा छेलो प्रतियोगिता ,म्युजिकल चियर प्रतियोगिता गरि प्रथम द्धितिया र तृतिया हुन सफल लाई पुरस्कृत समेत गरिएको थियो ।
दुरा सेवा समाज भरतपुरको अध्यक्ष विष्णु प्रसाद दुराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम दुरा सेवा समाज चितवन को सचिव पवित्रा दुराले संचालन गर्नु भएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram