कालिका । नेकपा एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन खाेलेसिमलमा सुरु भएकाे छ । अधिवेशनकाे पार्टीका पाेलिटब्यूराे सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञावलीले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन […]
लामिछाने, विक र घिमिरे एमालेमा फर्किए

रत्ननगर । नेकपा एकीकृत समाजबादी पार्टी परित्याग गरेका जिल्ला स्तरका दुई नेता, रत्ननगर नगर कमिटीका इज्चार्ज सहित नेताहरु एमालेमा फर्किएका छन् ।
केही दिन अघि समाजबादी पार्टी परित्याग गरेका जिल्ला सचिव केपी लामिछाने, जिल्ला उपसचिव कर्णबहादुर विक र नेकपा एसका नगर कमिटी इज्चार्ज समेत रहेका जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद घिमिरे एमालेमा फर्किएका हुन् । लामिछाने, विक र घिमिरे सहित अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका एक दर्जन नेताहरुलाई अध्यक्ष केपीशर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
कालिका नगरपालिकाको खोलेसिमलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेको नेकपा एमालेका जिल्ला सदस्य तथा युवा इन्चार्ज प्रताप डल्लाकोटीले जानकारी दिए । एमाले विभाजन हुँदा लामिछाने,विक र घिमिरे समाजबादी पार्टीमा अबद्ध भएका थिए ।
चितवन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई […]
काठमाडौं- नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत ४ गते तेस्रो पटक संसदबाट विश्वासको मत लिएका थिए । सांसदबाट तेस्रो पटक विश्वासको मत […]