Listen Live: 

शहीद दिवस र रामनवमीका दिन बिदा दिने सरकारको निर्णय

Radio Chitwan
शुक्रबार, पुस १३, २०८०

काठमाण्डौ – सरकारले शहीद दिवस र रामनवमीका दिन बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताउनुभयो ।

सरकारले २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ । साथै सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार छ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । बैठकले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट वन मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी, झुटाे विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताको प्रमाणपत्रहरु रद्द गरी उनीहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्री शर्माले मन्त्रिपरिषद्ले मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदूत तोक्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । त्यसैगरी नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथी दर्जामा र नौ जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो ।

मन्त्री शर्माका अनुसार काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणको लागि संलग्न शर्तहरुको पालना गर्ने गरी मकवानपुर र बारा जिल्लाको राष्ट्रिय वनको कुल जम्मा ४० दशमलव १९ हेक्टर जग्गा प्रयोग गर्न र त्यस वनमा रहेका चार हजार तीन सय ४५ वटा रुख/पोल कटान गर्न स्वीकृति दिने निर्णय गरेको पनि बताउनुभयो ।

आन्य समाचारहरु:-
December 20, 2024
एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन सुरु, नयाँ कमिटी गठन हुने

कालिका । नेकपा एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन खाेलेसिमलमा सुरु भएकाे छ । अधिवेशनकाे पार्टीका पाेलिटब्यूराे सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञावलीले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन […]

July 29, 2024
भरतपुर महानगरमा एमालेको वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय

चितवन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय […]

July 4, 2024
रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई […]

June 24, 2024
रविको मुद्दामा अड्किएको प्रचण्ड सरकारको आयु

काठमाडौं- नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत ४ गते तेस्रो पटक संसदबाट विश्वासको मत लिएका थिए । सांसदबाट तेस्रो पटक विश्वासको मत […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram