Listen Live: 

चितवन हात्ती महोत्सव : सौराहाका ६० हात्तीलाई एकैठाउँमा बनभोज

Radio Chitwan
शुक्रबार, पुस १३, २०८०

सौराहा,पौष १३- चितवनको पर्यटकीय नगरी सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन शुक्रबार भव्य कार्यक्रमका बीच हात्तीलाई वनभोज खुवाइएको छ ।

सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पौष १० गतेदेखि आयोजना गरिएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’मा हात्तीलाई चामल र भेलीको खिर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।

नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतले पुस १० गते उद्घाटन गरेको महोत्सवमा यसअघि हात्ती सुन्दरी प्रतियोगिता र डुंगादौड प्रतियोगिता सम्पन्न भएको छ । जसअनुसार हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेकी थिइ भने डुंगा दौडमा खैरहनी नगरपालिका प्रथम भएको थियो । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनमा ‘पर्यटनको सम्भावना र चुनौती’सम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ ।

खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्वधनात्मक कार्यक्रमलगायतका कार्यक्रम समावेश छन् । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगेतिक प्रस्तुती दिएका छन् ।

महोत्सव सुरु भएपछि गन्तव्य अबलोकन गर्न आउने स्वादेशी तथा विदेशी पर्यटकको आगमन बृद्धि भएको छ । अंग्रेजी नयाँ बर्षमा यहाँ आएका पर्यटकहरु स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरुले सौराहामा हरेक बर्ष महोत्सव आयोजना गर्दै आएका छन् ।

कोरोनाका कारण तीन बर्ष रोकिएको चितवन हात्ती महोत्सवका गतिविधिलाई केही परिमार्जन गरी फेरी सुरु गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । चालु आर्थिक बर्ष सुरु भएपछि सौराहामा दैनिक एक हजार २०० बढी पर्यटक भित्र्एिको तथ्याङ्क छ ।

कोरोना महामारी पछि सबैभन्दा धेरै विदेशी पर्यटक अहिले आएको संघका अध्यक्ष गिरीले बताए । अहिले सौराहाका होटलहरु भरिभराउ छन् ।

महोत्सवका कारण विदेशी पर्यटकहरुले बसाई लम्ब्याएका छन् भने स्वदेशी पर्यटकहरु दुई रात चार दिन बस्ने गरी सौराहा आएको अध्यक्ष गिरीले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram