Listen Live: 

स्वर्णमहोत्सवको पाँचौ दिनमा भीमोदय: विद्यालयमा योगदान पुर्याउने ५०७ जना सम्मानित

Radio Chitwan
बुधबार, पुस ११, २०८०

चितवन- कालिकाको पदमपुरमा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रम जारी छ । स्थापनाको ५३ औं वर्ष पुगेको अवसरमा आयोजित स्वर्णमहोत्सव कार्यक्रम यहि पौष छ गतेदेखि सुरु भएको हो । कार्यक्रमको पाँचौ दिन बुधबार विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जनालाई सम्मान गरिएको छ 

सम्मानित हुनेहरुमा पुर्व अक्षयकोष दाता ७ जना, पुर्व शिक्षक १०६ जना, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पुर्व विद्यालय कर्मचारी ७ जना र २५००० सम्म सहयोग प्रदान गर्नुहुने ३५० जना गरि ५०७ जना छन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी, सभाध्यक्ष  स्वर्णमहोत्सव मूल आयोजक समिति संयोजक एवम्  विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठ, प्रधानाध्यापक इन्द्रराज पौडेल, वडा नं. ५ का वडाध्यक्ष दिपकबहादुर भट्टराई लगायतले सम्मानित हुनेहरुलाई खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री जोशीले सरकारले लगानी गरे बमोजिम सामुदायिक विद्यालयले नतिजा निकाल्न नसक्दा चिन्ता थपिएको बताए । शिक्षक कर्मचारीको सेवा सुविधा र भौतिक निर्माणको लागी सरकारले ठुलो लगानी गरेको भएतापनि संस्थागत विद्यालय संगको प्रतिस्पर्धामा सामुदायिक विद्यालय निक्कै पछाडी रहेको उनले बताए ।

अर्को प्रसंगमा मन्त्री जोशीले कालिकाको नगर अस्पताल स्तरोन्नतिको लागी प्रदेश सरकारले केहि रकम विनियोजन गरेको र उपकरण खरिदमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्यकला समेत प्रस्तुत गरेका थिए । स्वर्णमहोत्सव कार्यक्रम यहि पौष १३ गते सम्म जारी रहनेछ । भोली ८:०० बजे प्रभातफेरी, पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, शैक्षिक बहस लगायतका कार्यक्रम रहनेछन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram