Listen Live: 

रत्ननगर खानेपानीको साधारण सभा : एक बर्षमा दुई करोड मुनाफा

Radio Chitwan
बुधबार, पुस ११, २०८०

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । मंगलबार सम्पन्न १३ औ बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०७९÷८० मा सो संस्थाले पाँच करोड ८ लाख २ हजार रूपैया आम्दानी गर्न सफल भएको हो । १९ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र ४ करोड ६६ लाख १ हजार रूपैया आम्दानी गरेको हो । ५ करोड ८ लाख २ हजार आम्दानी गरेको सो संस्थाले २ करोड ९९ लाख ३४ हजार खर्च कटाएर २ करोड ८ लाख मुनाफा गर्न सफल भएको छ । सो संस्थाले ५२ शीर्षकमा २ करोड ९९ लाख ३४ हजार खर्च गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ । २०५८ सालमा स्थापना भएको सो संस्थामा २०८० जेठ ४ गते बछौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समायोजन गरी सेवा क्षेत्र विस्तार गरिएको थियो । १३ हजार ३३ उपभोक्ता रहेको सो संस्था अन्तर्गत संस्थागत धारा १५८, सामुहिक धारा २५६, विपन्न वर्ग धारा ८५५, निजी धारा ११ हजार ७६४ धारा संख्या रहेको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थामा अध्यक्ष माधवप्रसाद अर्यालले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम भावि कार्ययोजना, सचिव प्रताप डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक जीवनलाल नगरकोटीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष अर्यालले खानेपानीको न्यूनतम महसुल ११० वटा घटाएर ८० रूपैया कायम गरिएको र मर्मत शुल्क १० रुपैया लिने निर्णय गरिएको जानकारी दिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, संस्थापक मेयर नारायण वन, निवर्तमान उपमेयर विमला दुवाडी, नेपाली काँग्रेसकी नगर सचिव अनिता अर्याल, एमालेका नगर अध्यक्ष ईश्वरी अर्याल, माओेवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, एकीकृत समाजवादीका उपाध्यक्ष रामहरि अधिकारी, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ८ का वडाध्षक्ष कृष्ण चौधरी, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष भीष्मराज पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा स्वागत मन्तव्य राखेको सो कार्यक्रम सचिव प्रताप डल्लाकोटीले सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु, सल्लाहाकार तथा संस्थाको संस्थागत विकासमा योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram