कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
लघुवित्त पिडितहरु सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने

खैरहनी,पौष ९- लघुवित्त संस्था पिडितहरु सशक्त आन्दोलनमा उत्रने भएका छन। आइतवार चितवनको खैरहनीमा आयोजित पीडितहरुको भेलामा उनिहरुले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने बताएका हुन।
भेलाले सुधा पाठकको अध्यक्षतामा संघर्ष समिति पुनर्गठन गरेको छ । त्यस्तै,सचिवमा शिवकान्त चौधरी रहेको समितिमा अन्य पदाधिकारी र सदस्य पछि चयन गर्ने भेलाले निर्णय गरेको छ ।

भेलालाई सम्बोधन गर्दै संघर्ष समिति गण्डकी इन्चार्ज धनकुमारी विकले अब जिल्ला/जिल्ला एकजुट भएर केन्द्रमा दबाब दिन जरूरी भएको बताईन। उनले ‘हाम्रो आन्दोलन शान्तिपूर्ण भएको कारणले गर्दा माग पूरा भएन, आफुहरु चरम शोषणमा परेका छौँ ।रोडमा कराएर मात्र भएन, हाम्रो पीडा सरकारले बुझेन र न्याय दिन सकेन, अब कडा आन्दोलनको तयारीमा रहेका छौ ।’ सरकारले वार्तामा भएको सहमतिमा हामी चुप लागेर बसेको भन्दै उनले अब चुप लागेर बस्ने अवस्था नरहेको बताइन् ।
भेलामा बागमती प्रदेश संयोजक छत्रबहादुर मोक्तानले न्यायका लागि एकजुट भएर सरकारलाई दबाब दिन जरूरी रहेको बताए । पीडितले न्याय पाउनुपर्नेमा सरकारले हाम्रो गाँस, बास, कपास नै खोसेको उनले बताए । दिदीबहिनीहरुले लघुवित्तबाट केही कर्जा लिएर काम गर्छु भन्दा सरकार किन निरीह भएको र लघुवित्तको कारणले गर्दा भूमिहीन हुन बाध्य भएको भन्ने बारेमा मोक्तानको आक्रोश थियो ।
फागुन १ गतेबाट काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा रहेको उनले जानकारी दिए । अब लघुवित्तीय संस्था घरमा आउने, फोन गर्ने गरेमा एकजुट भएर त्यसको सामना गर्ने सहभागीको जोड थियो ।
भेलामा सहभागी पिडितहरुले लघुवित्तले आफुहरुलाई धम्की दिने,परिवार नै बाटोमा ल्याईदिने र आत्महत्या गर्न बाध्य बनाउने गरेको समेत बताए।
लामो समय देखि लघुवित्त पिडितहरु नवसामन्तीको रुपमा खोलिएका लघुवित्त संस्था खारेज हुनुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, जनपक्षीय मौद्रिक नीति लागू गर्नुपर्ने, लघुवित्तीय संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम खारेज गर्नुपर्ने लगायतका माग राखेर आन्दोलित छन् ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]