कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भिमोदय स्वर्णमहोत्सव : साढे २ लाख बराबरको अक्षयकोष स्थापना

कालिका, पौष ९ – भीमोदय नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५३ औं वर्ष पुगेको अवसरमा स्वर्णमहोत्सव धुमधामका साथ मनाईरहेको छ ।
विद्यालयलाई विभिन्न सामाजिक संघ संस्थादेखि विद्यालयका पूर्व विद्यार्थी लगायत स्थानीहरुले आर्थिक रुपमा सहयोगगर्ने क्रम जारी छ ।
यसैबीच कालिका वडा नं. ५ बस्ने कुलकेसरी दाहाल, होमनाथ दाहाल, डिल्लीराम दाहाल, मिनप्रसाद दाहाल, हरि शंकर दाहाल, ठानेश्वर दाहाल र निलकण्ठ दाहालले आफ्ना स्वर्गी बुबाआमाको स्मृतीमा २ लाख ५१ हजार ५ सय ३१ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका छन् ।
छोराहरुले आफ्नो स्वर्गीय बुबाआमाहरुको स्मृतीमा प्रयागदत्त, धर्मादेवी, माहामाया दाहाल स्मृती अक्षय कोष स्थापना गरेको हो ।
चौथों दिन विद्यालयमा आयोजना गरिएको एक विशेष कार्यक्रमका बीच अक्षय कोष बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ, प्रधानाध्यापक इन्द्रनाथ पौडेललाई हस्तान्तरण गरिएको थियो ।
कालिका नगरपालिकाका संस्थापक मेयर खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दीपक वहादुर भट्टराई, वडा नं. ४ का संस्थापक वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ समेत सहभागी थिए ।
स्थापना गरिएको अक्षय कोषवाट विद्यालयमा अध्ययनरत्त विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ती प्रदान गरिने स्वर्गीय प्रयागदत्त, धर्मादेवी, महामाया दाहालका नाति इश्वरी प्रसाद दाहालले जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]