Listen Live: 

नारायणगढ–मुग्लिन सडक आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द गरिँदै

Radio Chitwan
शनिबार, पुस ७, २०८०

चितवन - नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ ।

आजदेखि दैनिक चार घण्टा गाडी रोकिनेछन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक गाडी पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान दश बजेर ४० मिनेटसम्म चलाउन पाइने छ । त्यस्तै, मालवाहक गाडी भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान साढे १० बजेसम्म मात्र चलाउन पाइनेछ ।

काठमाण्डौबाट छुटेका यात्रुवाहक गाडी मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान दश बजेर ५५ मिनेटसम्म तथा मालवाहक दश बजेर ४५ मिनेटसम्म मात्र चलाउन पाइनेछ । त्यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक गाडी बिहान दश बजेर ५५ मिनेटसम्म बेनिटारदेखि पावरहाउससम्म र मालवाहक बिहान दश बजेर ४५ मिनेटदेखि सत्रसय फाँटमा रोकिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा गाडी रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ती क्षेत्रमा ट्राफिक जाम हुन सक्ने अवस्था छ । अघिल्लो वर्षपनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । तुइन खोलमा ६० मिटर अग्लो पहाडमध्ये अघिल्लो वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । यो सडकका १९ वटा पुलमध्ये चारवटा चार वर्ष अघि निर्माण भएका हुन् ।

आयोजनाले यो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम गर्दै आएको छ । थप आठ वटा पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छ।

काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने आयोजनाले जनाएको छ । तुइन खोलाको पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । यो पुल निर्माणका लागि पहाड नै काट्नुपर्ने भएपछि आजदेखि सडक बन्द गर्ने यसअघि सहमति भएको थियो ।

तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् । 

आन्य समाचारहरु:-
July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

July 12, 2024
शैक्षिक गुणस्तर सुधारका लागि बछाैली माविमा अन्तरक्रिया

साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले  विद्यालयमा शैक्षिक  सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न  र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram