कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा भारतीय ट्रकमा लोड गरिएको अवस्थामा ३९६ किलो गाँजा बरामद, दुई जना प्रहरीको नियन्त्रणमा

चितवनमा ३९६ किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीसमेतको प्रहरी टोलीले भरतपुर महानगरपालिका–१ को लोकमार्ग सडकखण्डमा गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
आज बिहान ५ बजेको समयमा मुग्लिङ तर्फबाट नारायणगढ तर्फ आउदै गरेको भारतीय नम्बर प्लेट जेएचजरिोदुई डब्लु९६३१ भएको सवारीसाधन (ट्रक) लाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाजा बरामद गरेको चितवन प्रहरीले जनाएको छ । उक्त ट्रकको क्याबिनको भागमा फल्स बटम बनाई सो फल्स बटममा प्लास्टिकले बेरिएका २८ वटा पोका बनाई लुकाई छिपाई लागुऔषध गाँजा ३९६ किलो ग्राम फेला परेको जनाइएको छ ।
घटनामा पक्राउ पर्नेमा ट्रक चालक भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने बर्ष ४५ को अनिल गिरी र सोही ट्रकमा सवार भारत उत्तर प्रदेश सम्बल जिल्ला केलादेवी थाना अपावती कुतवपूर गाँउ बस्ने वर्ष ३७ को राजपाल सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]