Listen Live: 

खेलकुद विकास समिति रत्ननगर १२ फाइनलमा प्रवेश

Radio Chitwan
सोमवार, पुस २, २०८०

रत्ननगर । खेलकुद विकास समिति रत्ननगर १२ रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा पेन्गुईन एजुकेशन भरतपुर २४ लाई १–० गोल अन्तरले पराजित गरी खेलकुद विकास समिति रत्ननगर १२ फाइनलमा प्रवेश गरेको हो । रत्ननगर १२ लाई जिताउन आशा गुरुङले एक गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका उनी म्यानअफ दी म्याच घोषित भएका थिए । गुरुङलाई मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे,विकु साकोसका जयमंगला सेवा केन्द्रका प्रमुख घनक बहादुर थापा, योगदान राष्ट्रका लागि जिल्ला अध्यक्ष एकराज डल्लाकोटी र रत्नप्रिय क्लवका अध्यक्ष बसन्त रानाले पुरस्कार हस्तान्तरण गरेका थिए । सो प्रतियोगिताको फाइनल खेल बुधबार हुँदैछ । उपाधिका लागि प्याराडाइज युवा क्लव र खेलकुद विकास समिति बीच प्रतिस्पर्धा हने छ । प्रत्यक दिनको म्यान अफ दी म्याच सफा उर्जा उत्पादन प्रा.लि.ले प्रायोजन गर्दै आएको छ । चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने खेल संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

आन्य समाचारहरु:-
December 19, 2024
एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]

December 7, 2024
रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

November 21, 2024
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

July 6, 2024
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram