रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस वर्ष भने हुने

चितवन,१४ चैत्र । हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने गरेको विक्रम बाबा मेलाको तयारी सुरु गरिएको छ । कोरोना कहरका कारण पछिल्लो दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस वर्ष भने हुने भएको हो ।
विक्रम बाबा मेला व्यवस्थापन समिति र चितवन राष्ट्रिय निकुञ्जले छलफल गरेर दुई वर्षदेखि रोकिएको विक्रम बाबा मेला यस वर्ष सञ्चालन गर्न लागेको हो । निकुञ्ज क्षेत्रमा चैत दसैँको अवसर परेर हरेक वर्ष लाग्ने विक्रम बाबा मेला यस वर्ष चैत १८ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन गर्ने तयारी भएको छ । चैते औँसीदेखि पूर्णिमासम्म १५ दिन निकुञ्ज क्षेत्रमा मेला लाग्ने गर्छ ।
विक्रम बाबा मेलामा देशका विभिन्न ठाउँहरुबाट धेरै भन्दा धेरै भक्तजन आउने अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्ज कसराका निमित्त प्रमुख सरोजमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार यसवर्ष लाग्ने विक्रम बाबा मेलाको व्यवस्थापन केरुङ्गा र पटिहानी उपभोक्ता समितिले लिएको छ । तर, निकुञ्जले पनि भक्तजनको लागि पूजा गर्ने स्थान तोकेको बताउँदै, पौडेलले भन्नुभयो, ‘तोकेको स्थान भन्दा बाहिर अन्य क्षेत्रमा भक्तजन गए निकुञ्ज जिम्मेवार हुने छैन ।’
त्यस्तै धार्मिक विश्वास तथा आस्था भरोसाले मेलामा धेरै मानिसको भीड लाग्ने र होहल्लाले जंगली जनावरलाई प्रतिकुल असर पर्र्ने उहाँको भनाइ छ । केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार विभिन्न क्षेत्रबाट आस्था, भरोसा, सन्तान प्राप्ती, सुख लगायतका मनोकांक्षा पूरा हुने विश्वासले दर्शन गर्न भक्तजन आउने गर्छन् । बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म लाग्ने यस मेलामा पशुपक्षीको बली समेत दिने गरिन्छ ।
पूजाआज, बाटोमा पानी छर्किने, सरसफाइ तथा पार्किङकोे व्यवस्थापन उपभोक्ता समितिले हेरे पनि होटल, खुद्रा सामग्री, कपडा, मालालगायतका स्टलहरुको व्यवस्था निकुञ्जले हेर्ने उहाँको भनाइ छ । परापूर्व कालदेखि थारु जातिले विक्रम बाबाको पूजा गर्दै आएको भएपनि पछिल्लो समय अन्य जातजातिका मानिसहरु पनि विक्रम बाबाको पूजा गर्न जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष कोरोनाको समय भए पनि केही भक्तजन भने आएका थिए र यस वर्ष पनि आउने क्रम सुरु भइसकेको छ ।’
त्यस्तै पहिले केही वर्ष अगाडि डुंगाको सहाहेताले राप्ती नदीतर्दा घटना भएपछि हाल डुंगाको व्यवस्था भने नभएको उहाँको भनाइ छ । विक्रमबाबाको थान चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा क्षेत्रमा रहेको छ । जुन भरतपुर सदरमुकामबाट करिब २२ किलोमिटर दक्षिणमा पर्दछ । यहाँ थारु समुदायका एक ‘गुरौ’ जडीबुटी खोज्न जंगल जाँदा बाघको आक्रमणबाट मृत्यु भएपछि उहाँको नाममा पूजा गर्ने गरिएको भक्तजनहरुको मान्यता छ ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]