Listen Live: 

दोस्रो रत्नप्रिय कप : प्याराडाइज युवा क्लव फाइनलमा प्रवेश

Radio Chitwan
सोमवार, पुस २, २०८०

रत्ननगर । प्याराडाइन युवा क्लव सिसुवार रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा हेटौडा फुटबल एकाडेमीलाई ४–० गोल अन्तरले पराजित गरी प्याराडाइज युवा क्लव फाइनलमा प्रवेश गरेको हो । प्याराडाइजलाई जिताउन देव दुरा, सन्तबहादुर गुरुङ, विवेक गुरुङ र विकी राईले एक एक गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने प्याराडाइजका सन्तबहादुर गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई स्वर्णलक्ष्मी साकोसका प्रमुख कार्यकारी अधिकृत तुलसीराम थापा, ऋण अधिकृत राजेश बहादुर तामाङ, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त रानाले पुुरस्कार हस्तान्तरण गरेका थिए । प्रत्यक दिनको म्यान अफ दी म्याच सफा उर्जा उत्पादन प्रा.लि.ले प्रायोजन गर्दै आएको छ । चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने खेल संयोजक बिबेक अम्गाईले जानकारी दिए । (साेमबार) खेलकुद विकास समिति रत्ननगर १२ र पेन्गुईन एजुकेशन भरतपुर २४ बीच दोस्रो सेमिफाइन खेल हुने क्लवका सचिव विजय लामाले जानकारी दिए ।

आन्य समाचारहरु:-
December 19, 2024
एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]

December 7, 2024
रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

November 21, 2024
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

July 6, 2024
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram