Listen Live: 

रत्न प्रिय कप फुटबल : पेन्गुईन भरतपुर- २४ सेमिफाईनलमा प्रवेश

Radio Chitwan
शनिबार, मंसिर ३०, २०८०

रत्ननगर, मंसिर ३० । रत्ननगरकाे टिकाैली चाैरमा जारी दाेस्राे रत्न प्रिय कप फुटबल अन्तर्गत शनिवार भएकाे खेलमा पेन्गुईन भरतपुर- २४ विजयी भएकाे छ ।

पेनाल्टी सुटआउटमा गैडाकाेट फुटबल क्लब ३-१ गाेलले हराउदै पेन्गुईन भरतपुर- २४ विजयी भएकाे हाे ।

दुबै तर्फबाट २-२ गाेलकाे बराबरीमा खेल सक्किएपछि पेनाल्टी सुटआउटमा परिणत भएकाे थियाे ।

आइतवारकाे खेलमा हार बेहाेरे संगै गैडाकाेट फुटबल क्लब प्रतियाेगिताबाट बाहिरिएकाे छ भने पेन्गुईन भरतपुर- २४ सेमिफाईनलमा प्रवेश गरेकाे क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए ।

प्रतियोगितामा पेन्गुईन भरतपुर- २४ का गाेलरक्षक अनिश देवकाेटा म्यान अफ दी म्याच घोषित भए । उनले रू १ हजार प्राप्त गरे । प्रत्यक दिनकाे म्यान अफ दी म्याचलाई सफा उर्जाले पुरस्कार वितरण गर्दै आईरहेकाेछ ।

उनलाई सफा उर्जा उत्पादन प्रा.लिका निर्देशक निर्णय पाैडेल, आभास टेलिभिजनका प्रवन्ध निर्देशक काेमल चन्द्र भगत र  सफा उर्जाका सामुदायिक सम्पर्क निर्देशक रवि राेषिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेकाे प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

भोली (साेमवार) प्याडाईज युथ क्लव सिसुवार र हेटाैँडा फुटबल एकाडेमी बीच खेल हुने आयोजकले जनाएको छ ।

आन्य समाचारहरु:-
July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

July 12, 2024
शैक्षिक गुणस्तर सुधारका लागि बछाैली माविमा अन्तरक्रिया

साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले  विद्यालयमा शैक्षिक  सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न  र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram