Listen Live: 

रत्ननगर महाेत्सवलाई भब्य बनाउने प्रतिबद्धता 

Radio Chitwan
बिहिबार, मंसिर २८, २०८०

रत्ननगर । पाैषकाे अन्तिम साता टिकाैली चाैरमा सुरु हुने रत्ननगर महाेत्सवलाई उद्देश्य अनुसार सार्थक बनाउने सराेकारबालाहरुले प्रतिबद्धता जनाएका छन् । महाेत्सवकाे आयाेजक संस्था रत्ननगर उद्योग बाणिज्य संघले विहीबार वडाध्यक्ष, व्यवसायी तथा विभिन्न जातजातीका संगठनका प्रमुखहरुसंग छुट्टाछुट्टै अन्तरक्रिया गरेकाे थियाे । कार्यक्रममा सहभागीहरुले महाेत्सवलाई सफल बनाउनु पर्नेमा जाेड दिएका थिए । महाेत्सवले स्थानीय स्तरमा आर्थिक चलायमान गराउने भन्दै उनीहरुले उद्देश्य मुताविक महाेत्सवलाई सार्थक बनाउने प्रतिबद्धता जनाएका थिए । संघका अध्यक्ष शंकर गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  रत्ननगर नगरपालिका का वडाध्यक्ष्, पूर्वी चितवनका खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ, साना पर्यटन व्यवसायी, विभिन्न उद्योगी व्यवसायीहरु संग छलफल गरिएकाे हाे । वडाध्यक्षहरुले स्थानीय उत्पादनहरुलाई प्रोत्साहन गर्ने, कृषिलाई प्राथमिकता साथ अगाडि बढाउन आग्रह गरेका थिए । जनजातीका अगुवाहरुसंगकाे छलफलमा महाेत्सव परिसरमा जातिय पहिचान झल्किने घर निर्माण गर्ने र संस्कृति संरक्षणकाे विषयलाई पनि महाेत्सवमा जाेड दिने सहमती भएकाे अध्यक्ष गिरीले जानकारी दिए । रत्ननगर नगरपालिकाको संरक्षकत्वम पौष २६ देखि माघ ८ गते महाेत्सवकाे १२औं संस्करण हुँदैछ । संघले महाेत्सवकाे तयारीलाई तीब्र पारेकाे संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram