Listen Live: 

दाेस्राे रत्न प्रिय कप :

Radio Chitwan
बिहिबार, मंसिर २८, २०८०

खेलकुद विकास समिति रत्ननगर- १२ सेमिफाईनलमा प्रवेश रत्ननगर, मंसिर २८ । रत्ननगरकाे टिकाैली चाैरमा जारी दाेस्राे रत्न प्रिय कप फुटबल अन्तर्गत बिहीवार भएकाे खेलमा खेलकुद विकास समिति रत्ननगर-१२ विजयी भएकाे छ । अभिषेक चर्ज रजहर लाई १- ० गोल अन्तरले पराजित गर्दै खेलकुद विकास समिति विजयी भएको क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए । बिहीवारकाे खेलमा हार बेहाेरे संगै अभिषेक चर्ज रजहर प्रतियाेगिताबाट बाहिरिएकाे छ भने खेलकुद विकास समिति सेमिफाईनलमा प्रवेश गरेकाेछ । खेलकुद विकास समितिका तर्फबाट जमिर मियाले जितको लागि निर्णायक एक गोल गरेका थिए । प्रतियोगितामा मिया नै म्यान अफ दी म्याच घोषित भए । उनले रू १ हजार प्राप्त गरे । उनलाई बेस्ट डेस्टिनेसन एजुकेशनल कन्सलटेन्सिका एमडी संजय कुवर, टाँडी शाखाका ब्रान्च म्यानेजर राम महताे, वडा नं का वडा अध्यक्ष अनन्त अधिकारीले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेकाे प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए । भोली (शुक्रवार) भण्डारा एपिएफ र प्याडाईज युथ क्लव सिसुवार बीच खेल हुने आयोजकले जनाएको छ ।

आन्य समाचारहरु:-
December 19, 2024
एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]

December 7, 2024
रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

November 21, 2024
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

July 6, 2024
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram