चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
आज राती नेपालबाट उल्का वर्षाको रमाइलो दृश्य हेर्न पाइने
बिहीबार राती नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । आकाश खुलेको अवस्था भए नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिने खगोलविद्हरूले बताएका छन्।
आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई खगोलविद्ले ‘जेमिनिड्स’ नाम दिएका छन् । अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । नासाका अनुसार आगोको गोलाजस्तो रङ्गीचङ्गी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटनाका रूपमा रहेको छ ।
नेपाली समयअनुसार बिहीबार मध्यरातपछि बिहान तीन चार बजेसम्म उल्का वर्षा अवलोकन गर्न सकिन्छ । यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिने पनि खगोलविद्ले बताएका छन् ।
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरू छोड्ने र पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्दा, ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्ने भएकाले यसैलाई उल्का वर्षा भन्ने गरिन्छ ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]