Listen Live: 

चितवनमा मौरी पालनमा आकर्षण बढ्यो तर घट्यो चरन क्षेत्र

Radio Chitwan
सोमवार, चैत्र १४, २०७८

चितवन, १४ चैत्र । रत्ननगरका पृथ्वीराज लामिछानेले १५ वर्ष अघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो । तर, पछिल्ला वर्षहरुमा उहाँलाई २५ किलो पनि उत्पादन गर्न कठिन हुन्छ । ‘२०५३ सालदेखि दुई वटा गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सालसम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ’, उहाँले भन्नुभयो, ‘अहिले क्रमिक घट्दै गएर वार्षिक २५ किलो पनि हुँदैन ।’ खर्च कटाएर एउटै गोलाबाट १० हजार रुपैयाँसम्म आम्दानी गर्नुभएका लामिछानेको अहिले मुस्किलले ५ हजार पनि बँच्दैन । यसरी महको उत्पादकत्व घट्दै गएपछि मौरीको संख्या समेत घटाउँदै आउनुभएको छ ।
‘पाँच वर्ष अगाडि ५०० भन्दा बढी गोला मौरी चर्न जान्थ्यो’, उहाँले भन्नुभयो, ‘बजार र उत्पादनको समस्याले गर्दा मौरी घटाउँदै २०० गोलामा झारेको छु ।’ उहाँले वार्षिक २५ टनको हाराहारीमा मह उत्पादन गर्नुहुन्छ । उहाँले वार्षिक ७० टन अरुको मह संकलन गरेर बिक्री समेत गर्ने बताउनुभयो । महमा फाइदा भएपनि विगतको भन्दा लागत मूल्य पनि बढी हुँदै आएको उहाँको भनाइ छ ।
चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण बर्सेनि मह उत्पादन घट्दै गएको अनुमान गरिएको छ । विकास निर्माणका क्रममा चिउरी, रुदिलो लगायतका बोटबिरुवाहरु नास हुँदै जाँदा किसानहरु मौरी चराउन देशका विभिन्न भाग पुग्ने गरेको छन् । ‘पहिलो सिजनमा चिउरी र तोरीको लागि दाङ र प्युठान, त्यसपछि क्रमशः कपिलवस्तु, चितवन, बर्दिबास, सर्लाही लागयतका पूर्वका जिल्लामा मौरी लैजान्छौँ । १५० गोला मौरीपालन गर्दै आउनुभएका रत्ननगरका सुरेन्द्र मानन्धर भन्नुभयो, ‘मौरीका लागि चरन क्षेत्र अभाव हुँदा वर्षमा १२ स्थानमा सार्नुपर्छ ।’ चरनका लागि उनीहरुले प्रतिगोला ५० देखि १०० रुपैयाँ सामुदायिक वनलाई दिने गरेका छन् ।
बढ्दो विषादीको प्रयोगका कारण पनि मौरीपालक किसानहरु समस्यामा परेका छन् । २०५२ सालदेखि मौरीपालन गर्दै आउनुभएका मेघबहादुर खत्री मौरीपालक किसानका लागि चरण क्षेत्रको समस्या नै प्रमुख चुनौती रहेको बताउनुहुन्छ । ‘मेरोमा २५० गोला मौरी छन् । यहाँ राखेर उत्पादन दिन सकिँदैन । चरण भएको क्षेत्रमा स्थानीयले लैजान दिँदैनन्’, खत्रीले भन्नुभयो, ‘गत वर्ष तोरीमा हालेको विषादीको कारण १० गोला मौरी नष्ट भयो ।’
पछिल्लो समय चितवनमा मौरीपालक किसानहरु बढ्दै गएका छन् । यहाँ ५०० भन्दा बढी किसान छन् । हालसम्म जिल्लामा ३० हजार गोला मौरी रहेको अनुमान छ । तीन वर्षको तुलनामा मौरीका गोला ३० प्रतिशतले बढेको छ । तर, किसानहरुको आकर्षण बढेपनि चरण लगायतका कारण महको उत्पादकत्व भने घट्दै गएको मौरीपालन महासंघका अध्यक्ष शिवप्रसाद पौडेल बताउनुहुन्छ ।
‘चितवनमा मेलिफेरा मौरीको २९ हजार गोला संख्या छ । २०७५ सालमा प्रति गोला वार्षिक ५५ किलोसम्म उत्पादन हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘२०७६र०७७ मा १८किलो को हाराहारीमा उत्पादन थियो । २०७७र०७८मा २३ किलो आयो । अहिलेपनि २५ किलो कट्ने सम्भावना कम छ ।’ जिल्लामा तीन वर्ष अघिसम्म ८ हजार मेक्ट्रिक टन महको उत्पादन हुँदै आएको थियो । त्यसपछि घट्दै ४०० मेक्ट्रिक टन उत्पादनमा झरेको सरकारी तथ्यांक छ ।
यसलाई वृद्धि गर्नका लागि सामुदायिक वनसँग मिलेर चिउरी, रुदिलाका बिरुवा सार्ने र गुणस्तरीय रानी मौरीको आयात गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख धनबहादुर थापाले बताउनुभयो । ‘मौरीको संख्या बढ्दै गएको छ । चरण क्षेत्र घट्दै छ । त्यसलाई मध्यनजर गर्दै चिउरी लागयतका बिरुवाहरु रोप्नका लागि सामुदायिक वनसँग परामर्श गरेर मौरी चरणको व्यवस्थापनको कार्यक्रम छौँ’, थापाले भन्नुभयो, ‘रानो मौरीको गुणस्तर घट्दै गएको पाइएको छ । प्रजनन विकासका लागि मौरी विकास कार्यालयसँग मिलेर विदेशबाट रानो मौरी ल्याएर किसानलाई दिने तयारी गर्दैछौँ ।’
मौरीपालक किसानको क्षमतामा अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु अगाडि बढाउने जानकारी दिनुभयो । नेपालमा गतवर्ष ३ हजार ९९६ मेक्ट्रिक टन मह उत्पादन भएको थियो । तर, खपतका दृष्टिले ज्यादै न्यून हो । यहाँ १ हजार मेक्ट्रिक टन महको बाहिरी मुलुकबाट आयात हुँदै आएको छ । उत्पादन बढाउनका लागि सामुदायिक वनसँग मिलेर फूल फुल्ने बिरुवाहरु रोप्ने काम भइरहेको मौरीपालन विकास कार्यालय भण्डाराका प्रमुख गोविन्द प्रसाद पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार ३० हजार चिउरीका बिरुवा रोप्ने तयारी रहेको छ । ३० प्रतिशत मौरीका गोला थपिँदै गएको उहाँले बताउनुभयो । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘मौरी जोन’ मार्फत अनुदान तथा प्राविधिक सहयोग गरेपछि किसान मौरीपालनमा उत्साही छन् । तर, सोही अनुसार गुणस्तरीय रानीको विकाससँगै चरणक्षेत्रको विस्तार गर्ने हो भने महको उत्पादन बढाउन सकिने सरोकारवालाहरु बताउँछन् ।

आन्य समाचारहरु:-
July 31, 2023
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले मृतक लाई गर्यो सहयोग

कालिका नगरपालिका मा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड  मा आवध्व सदस्य कालिका ५ स्थित बाेटेगाउ वस्ने बाटुलि वाेट काे श्रीमान सानेवाेट काे बाख्रालाई घाँस काट्ने क्रम मा रूखवाट खसी […]

July 9, 2023
छिमेक लघुवित्त वित्तीय संस्था लि. लोकप्रिय बन्दै l

छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कालीकाद्धारा समुह सदस्य   भिम कुमारि सुनुवार र कालिका  ५ बस्ने स्यानि देबि थरूनि काे श्रिमान छन्द कुमार चाैधरि काे दुखद निधन भएकोले विमा […]

July 4, 2023
घट्यो पेट्रोल-डिजेलको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो । […]

June 30, 2023
रत्ननगरमा रोजगार मेलाको तयारी पूरा, एकसय युवालाई रोजगारी दिने लक्ष्य

रत्ननगर । रोजगारको खोजीमा रहेका युवा तथा विद्यार्थीलाई लक्षित गरी रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा रत्ननगर—१, निपनीस्थित होटल स्टार चितवनमा शुक्रबार र शनिबार आयोजना हुन लागेको ‘वृत्ति मार्गनिर्देशन […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram