Listen Live: 

दाेस्राे रत्न प्रिय कप : खेलकुद विकाश समित रत्ननगर-१२ विजयी

Radio Chitwan
मङ्लबार, मंसिर २६, २०८०

रत्ननगर, मंसिर २६ । रत्ननगरकाे टिकाैली चाैरमा जारी दाेस्राे रत्न प्रिय कप फुटबल अन्तर्गत मंगलवार भएकाे खेलमा खेलकुद विकाश समित रत्ननगर- १२ विजयी भएकाे छ ।

मिलिजुली युवा क्लब कालिकालाई १–० को गोल अन्तरले पराजित गर्दै खेलकुद विकाश समित रत्ननगर- १२ विजयी भएको क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए ।

खेलकुद विकाश समित रत्ननगर- १२ का तर्फबाट सजिन थापा मगर जितको लागि निर्णायक एक गोल गरेका थिए । प्रतियोगितामा थापा मगर नै म्यान अफ दी म्याच घोषित भए ।

उनलाई बाघमारा बनका अध्यक्ष जितु तामाङ र सामाजिक अभियन्ता ज्ञानेन्द्र राज पाण्डेले पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेकाे प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

भोली बुधबारको खेल आयोजक रत्न प्रिय क्लब र हेटाैँडा फुटबल एकाडेमी बीच हुने आयोजकले जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram