Listen Live: 

यू–१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

Radio Chitwan
मङ्लबार, मंसिर २६, २०८०

काठमाडौँ : एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। दुबईको आइसीसी एकेडेमी ओभल(२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।नेपालले भारतविरुद्धको खेलमा दुई परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक जगत टमाटाले अफगानिस्तासँगको टोलीबाट विपिन रावल र आकाश त्रिपाठीलाई बेन्चमा राखेका छन्। विपिनको स्थानमा दीपक डुम्रे तथा आकाश त्रिपाठीको स्थानमा आक्रामक ब्याटर दीपक बोहरालाई सुरुआती ११ मा राखेको छ।दुबईको आईसीसी एकेडेमी ओभल(२ मा भइरहेको खेल सवा ११ बजे सुरु भएको हो। समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र जीवित छ। समूह चरणमा एक खेलमा जित र एक खेलमा हार भोगेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन चाहन्छ।

अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तनसँग भने ८ विकेटले पराजित भएको थियो। नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार बेहोरेको थियो। नेपालले आजको खेलमा भारतलाई ठूलो अन्तरले हराउँदै नेट रनरेट अघि रहन सके सेमिफाइनलमा पुग्न सक्नेछ। त्यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्नेछ।

समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने हुनेछन्। सो खेल पनि बिहान सवा ११ बजे नै सुरु हुनेछ। समूह ए मा लगातार दुई खेलमा जित निकालेको पाकिस्तान ४ अंकमा शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेका भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ। लगातार दुई खेलमा हार भोगेको नेपाल भने अंक विहीनरुपमा तालिकाको पुछारमा छ।

आन्य समाचारहरु:-
December 19, 2024
एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]

December 7, 2024
रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

November 21, 2024
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

July 6, 2024
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram