Listen Live: 

लुम्बिनी प्रदेशः गुरुयोजनाको कार्यविधि बनाउन चार महिना, गुरुयोजना पूरा गर्न ७० अर्ब चाहि

Radio Chitwan
बुधबार, चैत्र १६, २०७८

चार महिना लगाएर लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि तयार पारिएको गुरुयोजनाको कार्यविधि निर्माण गरिएको छ । करिब एक वर्षमा तयार भएको गुरुयोजनाको कार्यविधि निर्माण गर्न मात्र प्रदेश सरकारले चार महिना खर्चिएको हो ।

गत मंसिर १६ गतेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले जग्गा एकीकरणको कार्यविधि पूरा गरी मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको हो ।

स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना निर्माण गर्न १५ वर्ष लाग्ने अनुमान गुरुयोजनाले गरेको छ । गुरुयोजना पूरा गर्न ७० अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता एवं जग्गा एकीकरण कार्यदलका संयोजक श्रीकृष्ण सुवेदीले प्रदेश सरकारले परिकल्पना गरेको आधुनिक सहर निर्माण गर्ने योजनालाई कार्यविधिमा समेटिएको बताए । ञप्रदेशभरको जग्गाको व्यवस्थापन गर्न मिल्ने गरी जग्गा एकीकरण कार्यविधि निर्माण गरिएको छ,झ उनले भने ।

कार्यविधि निर्माण गर्नुअघि समितिले प्रदेशको स्थायी राजधानी देउखुरीका स्थानीय बासिन्दासँग छलफल गरेको थियो । अब प्रदेश मन्त्रिपरिषदको बैठकले पारित गरेपछि गुरुयोजनाले कानुनी मान्यता पाउने छ । गुरुयोजना अनुसार देउखुरीमा सांस्कृतिक, आधुनिक सहरको निर्माण सुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले जानकारी दिए ।

उनका अनुसार देउखुरीलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने योजनासहित गुरुयोजना तयार भएको छ । प्रदेशसभाको बैठकले २०७७ साल असोज २० गते दाङको देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकेको हो । स्थायी राजधानी देउखुरी तोकिएपनि त्यहाँ संरचना नभएकाले अस्थायी राजधानी बुटवलबाट नै प्रदेश सरकारको काम कारवाही सञ्चालन हुँदै आएको छ । गुरुयोजनाले राप्ती नदी किनारमा बलियो तटबन्ध गर्दै नदीको सभ्यतामा आधारित सहरसहितको राजधानी निर्माण गर्ने कुरालाई समेटेको छ । सहरभित्र बुद्ध आकृतिको रुपमा मन्त्रालयका कार्यालयको स्थापना गर्नेगरी गुरुयोजना निर्माण भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेले बताए ।

मुख्यमन्त्री केसीले अब गुरुयोजना अनुसार स्थायी राजधानीका लागि संरचना निर्माणको काम छिट्टै अघि बढाइने बताए । ञमन्त्रिपरिषदले निर्णय गर्नासाथ गुरुयोजना कार्यान्वयनमा आउँछ, यो काम अब हामीले छिट्ट ैअगाडि बढाउँछौं र पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन्छौं,झ उनले भने ।

आन्य समाचारहरु:-
February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 15, 2024
होटल व्यवसायी महासंघको साधारण सभा रत्ननगरमा हुने

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका […]

February 13, 2024
साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका […]

February 12, 2024
रत्ननगर १५ मा ज्येष्ठ नागरिक सम्मान तथा सामाग्री वितरण

सुत्केरी तथा गर्भवती आमाहरुलाई कुखुराको भाले वितरण गरेर चर्चामा आएको रत्ननगरको वडा नं. १५ कार्यालयले ज्येष्ठ नागरिक सम्मान तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडाको वार्षिक कार्यक्रम अनुसार […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram