कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरको टिकौलीमा रत्न प्रिय कप फुटबल प्रतियोगिता सुरु

रत्ननगर, मंसिर २५ । पूर्वी चितवनको रत्ननगरमा दोस्रो रत्न प्रिय कप फुटबल प्रतियोगिता सुरु भएको छ । रत्न प्रिय क्लवको आयोजनामा १० टिमको सहभागिता रहेको प्रतियोगिता वडा नं ९ मा रहेको टिकौली चौरमा सुरु भएको हो ।
प्रतियोगिताको विजेतालाई १ लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष बसन्त रानाले जानकारी दिए ।प्रतियोगितामा उपविजेता टोलिलाई ७७ हजार ७७७ रुपैया पुरस्कार प्रदान गरिने रानाले बताए । उद्घाटन कार्यक्रमा वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारी, नगरपालिकाका सामाजिक विकाश शाखा संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की लगाएतको उपस्थिती रहेको थियो ।
यसैबिच, प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । सौराहा फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आयोजक रत्न प्रिय क्लब विजयी भएको खेल समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट गोल गरेका रत्न प्रिय क्लवका यूकेश तामाङ म्याद अफ दी म्याच घोषित भए । तामाङलाई वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारी र सेन्ट्रल कलेजका प्रमुख यज्ञ बिलास पौडेल (वाईवि) ले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार मिलिजुली युवा क्लव कालिका र खेलकुद विकास समिति रत्ननगर १२ बीच हुनेछ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

