Listen Live: 

हंस सहकारीको साधारण सभा : बार्षिक मुनाफा करिब तीन करोड

Radio Chitwan
सोमवार, मंसिर २५, २०८०

रत्ननगर । हंस बहुउद्देश्यी सहकारी संस्थाले एक बर्षमा करिब तीन करोड रुपैया सञ्चालन मुनाफा गर्न सफल भएको छ । सो संस्थाले आर्थिक बर्ष २०७९/८० मा २ करोड ९३ लाख २५ हजार रूपैया मुनाफा गर्न सफल भएको हो ।

सोमबार सम्पन्न सो सहकारीको टाँडी सेवा केन्द्रमा आयोजित २०औं बार्षिक साधारण सभा तथा १४औं बार्षिकोत्सव समारोहमा प्रस्तुत गरिएको संस्थाको आर्थिक प्रतिवेदनमा १२ करोड १ लाख ६९ हजार आम्दानी गरेकोमा ९ करोड ८ लाख ४४ हजार खर्च कटाएर २ करोड ९३ लाख २५ हजार रूपैया मुनाफा गर्न सफल भएको हो ।

भरतपुर महानगरको शहीदचोक मुख्य कार्यालय रहेको सो सहकारको चुक्ता पूजि १० करोड २३ लाख ७८ हजार, जगेडा कोषमा ५ करोड ९२ लाख ५५ हजार, कुल सम्पती ८६ करोड ८८ लाख ७९ हजार रहेको छ । ६० करोड ८४ लाख २० हजार बचत संकलन गरेको सो सहकारीले ६२ करोड ७२ लाख २२ हजार ऋण लगानी तथा २१ लाख ६७ हजार शेयर लगानी गरेको संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए ।

२०५६ सालमा स्थापना भएको सो सहकारीमा ४ हजार ६२७ जना शेयर सदस्य रहेको छन् । सो सहकारीले जिल्लाका तीन ठाउँमा सेवा केन्द्र सञ्चालमा ल्याको छ । टाँडी सेवा केन्द्रमा आयोजित साधारण सभा रत्ननगर नगपालिकाका उपमेयर यादव प्रसाद पाठकले उद्घाटन गरेका थिए । सो अबसरमा उनले उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गर्दै पैसा कमाउने उद्देश्यले सहकारी अगाडि बढ्न नहुने बताए ।

संस्थामा प्रबन्धक नारायण प्रसाद सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोविन्दप्रसाद पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता ८ जना, असल ऋणि ३ जना र ज्येष्ठ शेयर सदस्य र वालबचतकर्ता १/१ जनालाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष चुकेको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा, शेयर सदस्यहरु किरण बुर्लाकोटी, सृजना श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । संस्थाकी सचिव शारदा शर्मा पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram