Listen Live: 

विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु, एक जना घाइते ...

Radio Chitwan
आइतवार, मंसिर २४, २०८०

विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु, एक जना घाइते

facebook sharing button

चितवनको खैरहनी नगरपालिका–१० सिद्धार्थ चोकस्थित भित्री सडक खण्डमा विजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खैरहनी–२ कासिगाउँ बस्ने २५ वर्षीय मनिष भट्टराई रहेका छन् भने घाइते हुनेमा ज्यामिरेका २४ वर्षीय सचिन साह रहेका छन् । साहको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शनिवार साँझ ६ः२० बजेको समयमा राप्ती ड्याक साइडबाट पर्सातर्फ जाँदै गरेको ना ३४ प ९९९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किन पुगेको थियो ।

पोलमा ठोक्किएर घाइते भएका भट्टराई र साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको थियो । भट्टराईको उपचारको क्रममा शनिबार राति ७ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

messenger sharing button
आन्य समाचारहरु:-
April 12, 2024
डढेलोमा घाइते भएका बालकको मृत्यु

डोल्पा– जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख […]

April 1, 2024
कास्की दुर्घटनाकी घाइते भन्छिन्– मोटरसाइकल जोगाउन खोज्दा जीप खस्यो

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दैआएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन् । परीक्षा […]

March 30, 2024
मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना, एक जनाको मृत्यु

गोरखा– सहिद लखन गाउँपालिका-३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको […]

March 3, 2024
चितवनमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार पाँच जना घाइते

चितवन, फागुन २०- चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् । शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकरभिट्टा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram