कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
माडीलाई मेयर कपको उपाधि

रत्ननगर । चितवन अन्तरपालिका दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि माडी नगरपालिकाले जितेको छ । घरेलु मैदानमा रत्ननगर नगरपालिकालाई १–० गोल अन्तरले पराजित गरी माडीले उपाधि रक्षा गरेको हो ।
माडीलाई उपाधि जिताउन सो नगरपालिकाको खेलाडी रितेश क्षेत्रीले निर्णायक एक गोल गरेका थिए । गत वर्ष भएको प्रथम मेयर कपमा रत्ननगरसँग फाइनलमा पराजित भएको माडीले शनिबार सम्पन्न दोस्रो मेयर कपको उपाधि जित्न सफल भएको हो ।
उपाधि जितेको माडीले एक लाख ५१ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने प्रतियोगितामा उपविजेता बनेको आयोजक रत्ननगरले एक लाख एक हजार १११ रूपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ । फाइनल खेलमा ‘म्यान अफ दी म्याच’ माडीका रितेश क्षेत्री भएका छन् भने प्रतियोगिताभरकै उत्कृष्ट खेलाडी रत्ननगरका तेजेन्द्र चौधरी घोषित भएका छन् ।
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई रत्ननगरका मेयर प्रलाद सापकोटा, माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले पुरस्कार हस्तान्तरण गरेका थिए ।
सो अवसरमा रत्ननगरका मेयर सापकोटाले अर्को वर्ष हुने तेस्रो मेयर कप प्रदेशस्तरीय गर्ने घोषणा गरे । बागमती प्रदेशका अन्य नगरपालिकाका समेत समावेश गरी प्रदेशस्तरीय प्रतियोगिता गरिने उनको भनाइ छ । समापन कार्यक्रममा माडी नगरपालिकाकी मेयर महतोले मेयर कप फुटबल प्रतियोगितामा जिल्लाका पालिकाहरुबीच अन्तर सम्बन्ध स्थापित गरेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले खेलकुदको माध्यमबाट पालिकाबीचको सम्बन्ध र सहकार्य बढाउन प्रतियोगिता आयोजना गरिएको बताए । रत्ननगर नगरपालिकाले टाँडीस्थित नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा चितवनका सातवटै पालिकाले सहभागिता जनाएको खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।
समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रम शिक्षा अधिकृत राजेन्द्र बरालले सञ्चालन गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]