१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । प्रतियोगिताको तयारी लगभग पुरा भएको र चितवन सहित मकवानपुर र नवलपरासी गरी तीन जिल्लाका १० वटा टिमको सहभागिता रहने क्लवका अध्यक्ष बसन्त रानाले बताए । राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष रानाले बताए । प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख ५५ हजार ५५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७७७ रुपैया पुरस्कार सहित उपाधि प्रदान गरिने खेल संयोजक विवेक अम्गाईले जानकारी दिए । प्रतियोगिता अन्तर्गत विभिन्न पाँच विधामा खेलाडीहरुलाई नगद पाँच हजारका दरले पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट खेलाडी, हाइस्कोर, उदयमान खेलाडीलाई पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले रत्नप्रिय क्लवले फुटबल प्रतियोगितासंगसंगै सामाजिक क्षेत्रमा समेत योगदान गरिरहेकाले स्थानीय सरकारले सहकार्य गरेको बताए । स्थानीय सरकारसंग सहकार्य गरेर क्लवले चेतनामुलक,सरससफाई जस्ता कार्यक्रम गरिरहेको भन्दै उनले युवाहरुको कामले आफु उत्साहित भएको उनले बताए । वडाध्यक्ष अधिकारीले रत्नप्रिय क्लवको प्रयासले टिकौलीचौर सुन्दर बनेको बताए । कार्यक्रम क्लवका सचिव विजय लामाले सञ्चालन गरेका थिए ।

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]