कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ
चितवन, मंसिर २१-
तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि चितवनमा तरकारीको मूल्यमा गिरावट आएको हो ।
महानगर फलफूल तथा तरकारी बजारका उपाध्यक्ष रामराज पाण्डेका अनुसार हिउँदमा सबैले घरघरमा तरकारी लगाउने भएकोले पनि मूल्य घटेको छ । अहिले चितवनको वर्षात्को मौसममा क्रेटको १५ सय रुपैयाँसम्म पर्ने धादिङको गोलभेँडाको मूल्य अहिले प्रतिक्रेट ३०० रुपैयाँ छ । यसबाट किसानले गाडी भाडा उठाउन पनि मुस्किल पर्ने उनले बताए ।त्यस्तै काउली पाँचदेखि छ रुपैयाँ, बन्दा प्रतिकिलो २० रुपैयाँ, करेला ३५ रुपैयैयाँ प्रतिकिलो, आलु प्रतिकिलो ३८ रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ रहेको छ । सुकेको लसुन प्रति केजी २०० रुपैयाँमा बिक्री भइरहेको छ । प्याज भने भारतको बजारकै भर रहेको व्यवसायीहरुले बताएका छन् । अन्य तरकारीको मूल्य पनि बजारमा घटेको छ । बजारमा यतिबेला सबैभन्दा महंगो रामतोरिया किलोको १५० रुपैयाँमा बिक्री भइरहेको छ ।
धेरै उत्पादनबाट तरकारीले बजार नपाएको भन्दै कृषि ज्ञान केन्द्र भरतपुरमा दर्ता भएका कतिपय तरकारी समूहका किसानले तरकारी खेती गर्न नै छाडेका छन् । भरतपुर महानगरपालिका–२५ को जबका कृषक समूह र भरतपुर २७ को प्रगति कृषक समूहका अधिकांश किसानहरुले तरकारी खेती गर्न छाडेको कृषकहरुले बताए । प्रगति कृषक समूहमा आवद्ध किसान केदारनाथ अधिकारीले सबैले घरघरमा निर्वाहको लागि तरकारी खेती गर्न थालेपछि खासै मूल्य नपाउने भएकोले अधिकांश किसानले तरकारी खेती गर्न छाडेको नारायणी अनलाइनलाई बताए ।
उनले भने, ‘ एउटा किसानले तरकारी खेतीबाट केही आम्दानी गर्न थाल्ने बित्तिकै सबै किसानले एउटै तरकारी लगाउने भएकोले पनि उत्पादन बढी हुदा मूल्य घटेको छ । उत्पादन र मागको बीचमा सन्तुलन हुन नसक्दा तरकारी बिक्रीबितरणमा समस्या आयो ।’ माडी नगरपालिका–८ का खेमराज गौतम हरियाली उपभोक्ता कृषक समूहमा आवद्ध छन् । उनीहरुले केही वर्ष पहिलेसम्म तरकारी खेतीलाई निकै प्राथमिकता दिन थालेको भए पनि अहिले मूल्य आउन छाडेपछि व्यवसायिकरुपमा खेती गर्न थालेको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

