काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
रत्ननगरमा माओवादीका नेता एमालेमा प्रवेश नगरअध्यक्ष अर्यालले खड्कालाई पार्टीमा स्वागत गरे

चितवन, १३ चैत्र । चितवनको रत्ननगरमा नेकपा माओवादी केन्द्रका पुराना तथा प्रभावशाली नेता हरिबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् । घरदैलो अभियानअन्तर्गत रत्ननगर १३ मा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कपिलदेव पोखरेल र नगरअध्यक्ष ईश्वरीप्रसाद अर्यालले खड्कालाई पार्टीमा स्वागत गरेका हुन् । २०३४ सालदेखि श्रमिक संगठनमार्फत राजनीति यात्रा सुरु गरेका खड्का जनमोर्चा र माओवादी केन्द्र हुँदै आइतबार एमालेमा प्रवेश गरेका छन् । खड्का रत्ननगर मेलमिलाप केन्द्रका उपाध्यक्षसमेत हुन् । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी एमालेले सुरु गरेको ‘घरघरमा एमाले टोल टोलमा एमाले’ अभियानअन्तर्गत रत्ननगरका अधिकांश वडाबाट अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या बढेको छ ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
चितवन, भदौँ ५–एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ […]
राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता […]