कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे ।
मञ्चकाे उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा महेश पाण्डे, सहसचिवमा निरुता विक र संजय चाैधरी, काेषाध्यक्षमा रामेश्वर रिजाल र सदस्यहरुमा सन्ताेष बस्ताकाेटी, सागर ढुंगाना, राजनदिल गुरुङ, गाेपाल विश्वकर्मा, तिलक थापा, सुमन पाैडेल चयन भएका छन् ।
अग्रज पत्रकार केशव भट्टराई संयाेजक, कविकिरण न्याैपाने, विलबहादुर अधिकारी र रवि राेषी सदस्य रहेकाे निर्वाचन समितिले मञ्चकाे सर्वसम्मत समिति चयन गराउन सफल भएकाे हाे ।
निर्वाचन समितिका संयाेजक भट्टराईले नवनिर्वाचित कार्यसमितिकाे नाम घाेषणा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारितालाई मर्यादित बनाउदै पेशागत सुरक्षाकाे लागि संगठित भएर अगाडि बढ्न आग्रह गरे ।
मञ्चका अध्यक्ष रविलाल भट्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष प्रकाश ज्ञावलीले पछिल्लाे समय पेशागत सुरक्षाकाे विषय पेचिलाे बन्दै गएकाे भन्दै सम्भावनाकाे खाेजी गर्दै पत्रकार अगाडि बढ्नु पर्ने बेला आएकाे बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]