Listen Live: 

साैराहामा मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुँदै

Radio Chitwan
सोमवार, मंसिर १८, २०८०

रत्ननगर, मंसिर १७ । चितवनको पर्यटकीय नगरी रौराहामा यही मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ ।

केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा मेला हुन लागेको हो ।

‘गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ गोही मेला हुँदैछ ।

नेपालमा दुई प्रजातिका गोही पाइन्छ । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । यस्तै मगर गोही पनि जोखिम अवस्थामा परेको जीव हो ।

‘यी प्रजातिमाथि बढेको जोखिम कम गर्न समुदायलाई सचेत बनाउन आवश्यक छ । मेलामा विद्यार्थीदेखि समाजका र अगुवाहरूलाई समेटेर कार्यक्रम गर्न लागेको हो,’ मेला संयोजक रञ्जना भट्टले आइतबार बाघमारा सामुदायिक वनमा आयोजित पत्रकार सम्मेलनमा भनिन् ।

घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाइन्छ । देशभर २५० को हाराहारीमा घडियाल पाइने भट्टले बताइन् ।

समुदाय स्तरमा गोहीको संरक्षणको सचेतना फैलाउन मेला आयोजना गरिएको हो । सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्ने गरेका छन् ।

राप्ती नदीमा मिसिने खहरे खोलामा पनि घडियाल देखिन थालेको हुँदा समुदायलाई सचेत गराउन आवश्यक रहेको बाघमारा सामुदायिक बनमा अध्यक्ष जीतु तामाङले बताए ।

चितवनको पर्यटन विकासको हिसावले गोही एकसिंगै गैंडा जस्तै महत्वपूर्ण रहेको भन्दै तामाङले यसको संरक्षणमा सरकार,निकुञ्ज,संरक्षणकर्मी, व्यवसायी तथा स्थानीय समुदाय एकजुट हुन जरुरी रहेको बताए ।

गोही मेलामा विद्यालय सचेतना मुलक कार्यक्रम सहित गोहीको महत्वको बारेमा विज्ञहरु सहितको अन्र्तक्रिया कार्यक्रम समेत हुने छ ।

मेला अन्तर्गत नदी आसबासका बालवालिका अध्यायन गर्ने ८ वटा विद्यालयमा सचेतनामुलक रचनात्मक कार्यक्रम गरिने केयर फर नेचर निर्देशक भट्टले बताइन् ।

संकटापन्न अबस्थामा रहेको घडियाल गोली नेपालको प्रकृति बासस्थानमा २१० को हाराहारीमा रहेको आकलन गरिएको छ । मगर गोहीको भने एकीन तथ्याङक छैन् ।

अहिले सम्म नदीहरुमा दुई हजारको हाराहारीको गोहीको बच्चा छाडिएको भएपनि आहार र बासस्थानको अभावका कारण बचाउन सकिएको छैन् ।

नदी प्रदुषण र माछामार्न प्रयोग गरिने तियारी जालका कारण नेपालमा घडियाल गोही संकटापन्न अबस्थामा पुगेको गोही अनुसन्धानकर्ता समेत रहेकी भट्टले बताइन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram