Listen Live: 

अलपत्र अवस्थामा रहेको तनहुँ-चितवन जोड्ने घुमाउने पुलको काम पुनः थालियो

Radio Chitwan
आइतवार, मंसिर १७, २०८०

लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो पुल बनाउन थालिएको थियो ।

तिहार सकिएलगत्तै पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि सुवास उप्रेतीले भन्नुभयो, “विगतमा विविध कारणवश पुलको कामले गति लिन सकेन, अहिले पुल निर्माणका लागि कामदार परिचालित भएका छन् । जतिसक्दो चाँडो सक्छौँ ।”

केही समय अगाडि मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर बनेको थियो । उक्त ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको थियो ।

समयमै पुल बनेको पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंमार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न सजिलो हुने बताइएको छ । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे, आँबुखैरेनी नभई बुद्धसिंमार्ग भएर उक्त पुल तरेर भरतपुर महानगरपालिकाको घुमाउने निस्किन पाउँने जनाइएको छ ।

नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्रै ठडिएको छ । यो पुल निर्वाचनका बेला पनि चर्चामा रह्यो । उम्मेदवारले पुल निर्माण चाँडै सम्पन्न गराउनेतर्फ आफूहरू लाग्ने प्रतिबद्धता जनाएका थिए ।

पुल निर्माण चाँडै सम्पन्न गराउनका लागि तनहुँका जनप्रतिनिधिले निरन्तर चासो लिँदै आउनुभएको थियो । सो पुल निर्माण नौ वर्षदेखि अलपत्र छ । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशतमात्रै काम भएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिनसकेको छैन ।

एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाखे छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

पृथ्वीराजमार्गको विकल्पका रूपमा रहेको बुद्धसिंमार्ग कालोपत्रका लागि प्रारम्भिक काम सुरु भइसकेको छ । कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंमार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुने बुद्धसिंमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बाँस्तोलाको भनाइ छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram