Listen Live: 

चितवन नारायणी महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

Radio Chitwan
मङ्लबार, मंसिर १२, २०८०

चितवन,मंसिर १२- 

नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन् । मङ्सिर ६ गतेबाट सुरु गरिएको ‘चितवन नारायणी महोत्सव’ मा दिनहुँ राष्ट्रिय र स्थानीय कलाकारले कला प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले आफ्नो कलासँगै दर्शकलाई दुव्र्यसनमा नफस्न र परिवारमा कोही त्यसतर्फ लागेको भए समयमा नै उपचार गर्न सुझाइरहेका छन् । महोत्सवमा शिव परियार, पशुपति शर्मा, आस्था राउत, शान्तिश्री परियार, ज्योति मगर, रमेश प्रसाइँलगायत कलाकारले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउने काम गरिरहनुभएको छ ।

मङ्सिर १६ गतेसम्म सञ्चालन हुने महोत्सव सकिँदै गर्दा ६० जनाभन्दा बढी कलाकारले विभिन्न माध्यमबाट लागुऔषधविरुद्धको सन्देश प्रवाह गरिरहनुभएको छ । महोत्सवको मुख्य आयोजक दुब्र्यनीको उपचार गर्दै आएको रिकभरिङ युनाइटेट प्रालि र आयोजक औद्योगिक शान्ति नेपाल हो ।

महोत्सवको मुख्य उद्देश्य लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्दै महोत्सवबाट बचेको पैसाले विपन्न परिवारका दुव्र्यसनको निःशुल्क उपचार गर्नु रहेको बताइएको छ । मुख्य आयोजक संस्था रिकभरिङ युनाइटेटका संस्थापक अध्यक्ष मनोज घिमिरे लागुऔषध दुव्र्यसन उपचारमा आउन चाहेर पनि पैसाको अभावमा नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले यस कार्यक्रममार्फत् लागुऔषधको लतमा नलाग्न जनचेतना जगाइरहेका छौंँ ।” महोत्सवबाट बचेको रकमले कम्तीमा ३५ जना विपन्न परिवारका दुर्व्यसनीको निःशुल्क उपचार गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “महोत्सवमा रहेको स्टलमा दुव्र्यसनमा फसेका र तिनका परिवारका सदस्यसमेत आएका छन् । उनीहरुले कसरी यसबाट छुटकारा पाउने भन्नेमा बारेमा जानकारी लिएका छन् ।” विज्ञ र पुनःस्थापितले स्टलबाट परामर्श दिइरहनुभएको छ । आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत आफूले देशभर दुई सयभन्दा बढी महोत्सव गरेको भए पनि यस प्रकारको पहिलो महोत्सव गर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो महोत्सवको महत्वलाई बुझेर यही समयमा मकवानपुरमा अर्को मेलाको मिति पछाडि सारेर यहाँ आएको हुँ ।”

महोत्सवमा आउने अतिथि वक्तादेखि कलाकारसम्म सबैले सचेतना फैल्याउने काम गरिरहेको भन्दै उहाँले कुलतविरुद्ध महोत्सव महत्वपूर्ण रहेको बताउनुभयो । महोत्सव मूलआयोजक समितिका संयोजक पिङ्कलराज पन्त दैनिक पाँच हजारभन्दा बढी दर्शक आइरहेको भन्दै यो महोत्सवमार्फत् चितवनसहित देशैभरी प्रत्यक्ष र सञ्चारमाध्यममार्फत् जनचेतना जगाउने काम भएको बताउनुभयो ।

पन्तले भन्नुभयो, “कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत् पनि प्रत्यक्ष प्रसारण गरिरहनुभएको छ । यसबाट देश विदेशमासमेत लागुऔषधविरुद्ध सचेतना फैल्याउने काम भएको छ ।” महोत्सवमा एक सय ९६ वटा स्टल छन् । महोत्सवमा रु ६० लाख हाराहारी खर्च हुने आयोजकको अनुमान छ । प्रायोजक नराखी महोत्सव गरिएको भन्दै उहाँले स्टल भाडा र टिकटबाट उठेको रकमले महोत्सव सञ्चालन गरिएको बताउनुभयो । उहाँले थप्नुभयो, “सबैको साथ र सहयोगका कारण यो जनचेतनामूलक महोत्सव सोचेभन्दा राम्रो सफलता मिलिरहेको छ ।” रिकभरिङ युनाइटेडका अध्यक्ष रवीनकुमार श्रेष्ठ जिल्लामा १२ हजार हाराहारी सक्रिय लागुऔषध प्रयोगकर्ता रहेको बताउनुहुन्छ । उनीहरुको उपचारका लागि जिल्लामा २१ वटा पुनःस्थापना केन्द्र निजी क्षेत्रबाट सञ्चालित छन् ।

भरतपुर महानगरपालिकाभित्र मात्रै यो सङ्ख्या १५ छ । उपचारपछि निको भएर सामान्य जीवनमा फर्कने जनप्रतिनिधि, ठूला व्यापारी, चिकित्सक, इञ्जिनियर, बैंक प्रबन्धक, शिक्षक जस्ता प्रतिष्ठित व्यक्तिसमेत रहेको उहाँले जानकारी दिनुभयो । आफूलाई अरु भन्दा फरक देखाउन सुरुवाती चरणमा लहैलहैमा यो लतमा फस्ने गरेको उहाँको भनाइ छ । आर्थिक सम्पन्न भएर परिवारबाट टढा रहेका, जीवन कुनै लक्ष्य प्राप्त गर्न नसकेका, निराशावादी सोच, असल अभिभावकको कमी जस्ता कारणले कुलतमा फस्ने गरेको श्रेष्ठ बताउनुहुन्छ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा आयोजित महोत्सवले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

आन्य समाचारहरु:-
July 11, 2024
भोजपुरी गीत ‘तोहरा प्यार मे’ यूटुव मार्फत सार्वजनिक

खैरहनी । खैरहनी वडा नं १ बहेरी निवासी किशोर चौधरीले निर्माण गरेको भोजपुरी गित ‘तोहरा प्यार मे’ युटुव मार्फत सार्वजनिक गरिएको छ । पूर्वी चितवनको खैरहनी स्थित म्याङ्गो जनज्योति सिनेमा […]

June 9, 2024
फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ

आईतबार पूर्वी चितवनको रत्ननगर रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुर्हत गरिएको हो । फिल्मको आजै बाट छायांङ्गकन शुरू हुँदैछ ।  करिब २५ दिन छायांङ्गकन सेड्युल रहेको यस फिल्मको छायांङ्गकन […]

May 26, 2024
सिक्किमका सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २ को उपाधि

काठमाडौं । भारतको सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन-२’को उपाधि जितेका छन् । शनिबार राति सम्पन्न फाइनलमा अन्य तीन प्रतिस्पर्धीहरुलाई भोटमा पछि पार्दै राईले उपाधि जितेका हुन् ।जितसँगै […]

April 1, 2024
‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

काठमाडौं – चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो । खजुरे ब्रो चर्चित […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram