Listen Live: 

चितवनकी मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान

Radio Chitwan
आइतवार, चैत्र १३, २०७८

चितवन,१३ चैत । सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आज उहाँलाई सम्मान गरेको हो । केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा यहाँ आएको केन्द्रीय पदाधिकारी, जिल्ला समिति, नेपाली कांग्रेस चितवनका सभापतिसहितको उपस्थितिमा उहाँकै निवासमा सम्मान गरिएको हो । शारीरिक अस्वस्थताका कारण ९४ वर्षीया श्रेष्ठलाई समाजले निवासमै सम्मान गरेको हो ।
श्रेष्ठलाई सम्मान गर्दै केसीले सामाजिक र राजनीतिक क्षेत्रमा उहाँको योगदानको चर्चा गर्नुभएको थियो । युवादेखि अहिलेसम्म उहाँ पार्टी र समाजमा पु¥याएको योगदान अहिलेको पुस्ताले भुल्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो “अहिले उहाँले चाहेर पनि सक्नुहुन्न, सक्ने समयमा हामीले समाजलाई जे सक्छौं, त्यो दिनुपर्छ ।”

समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले पार्टीदेखि पत्रकारसम्म श्रेष्ठले पु¥याएको सहयोगको चर्चा गर्नुभयो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बोल्न सक्ने अवस्थासम्म श्रेष्ठले जहिले भेट्दा पनि नयाँ र ऊर्जाशील कुरा भन्ने गरेको बताउनुभयो । हालसम्म विभिन्न सामाजिक सङ्घसंस्थालाई अहिले बजार मूल्य हेर्दा रु एक अर्बभन्दा बढी भौतिक सम्पत्ति दान गरिसकेको छोरा टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा समाजका केन्द्रीय उपाध्यक्ष डा ईश्वरीप्रसाद लौडारी, महासचिव गोकर्ण अर्याल, समाजका बागमती प्रदेश संयोजक भरतप्रसाद दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर विवस मजगैया, समाजका जिल्ला अध्यक्ष डा देवीप्रसाद कँडेललगायतले श्रेष्ठको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
श्रेष्ठलाई समाजले सम्मानसँगै दिएको नगद रु २५ हजारमा थप गरी रु एक लाख ११ हजार १११ समाजको जिल्ला समितिलाई छोरा पौडेलले अक्षयकोष स्थापनाका लागि उपलब्ध गराउनुभएको थियो । केन्द्रीय समितिले २०७७ को सम्मान श्रेष्ठलाई अर्पण गरेको हो ।
विसं २०६७ को नुतन थपलिया, २०७५ को पुरुषोत्तम बस्नेत, २०७४ को चक्रप्रसाद बाँस्तोला, २०७३ को इन्द्रकान्त मिश्र र २०७२ को कुलबहादुर गुरुङलाई प्रदान गरेको थियो । श्रेष्ठले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, जिल्ला कार्यालय, वडा कार्यालयका लागि भवन बनाउन जग्गा उपलब्ध गराउनुभएको छ । यसैगरी उहाँले नेपाल प्रेस युनियन चितवन शाखासहित विभिन्न सङ्घसंस्था र व्यक्तिलाई जग्गा दान गर्नुभएको छ । उहाँकै नामबाट भरतपुरमा सुश्री मैयादेवी कन्या कलेज सञ्चालनमा छ ।रासस

आन्य समाचारहरु:-
April 5, 2023
नेकपा एकीकृत समाजवादी पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन

चितवन, चैत २२– नेकपा ९एकीकृत समाजवादी० पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन भएका छन् । आज ९बुधबार० बसेको जिल्ला पदाधिकारी बैठकले उपाध्यक्ष रहेका भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको प्रचार […]

November 16, 2022
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]

August 17, 2022
रत्ननगर हिप हप मोबाईल हाउसको लक्कि ड्र. मार्फत ५ जनाले पाए बम्पर उपहार

रत्ननगर, भदौ १- रत्ननगर टाडीँ बजारमा अबस्थित हिप हप मोबाईल हाउसको हरेक महिनाको १ गते हुने लक्कि ड्र. आज भदौ १ गते सञ्चालन गरिएको थियो । उक्त लक्कि ड्र. मार्फत […]

March 28, 2022
दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस वर्ष भने हुने

चितवन,१४ चैत्र । हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने गरेको विक्रम बाबा मेलाको तयारी सुरु गरिएको छ । कोरोना कहरका कारण पछिल्लो दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram