Listen Live: 

टी-ट्वेन्टी विश्वकप छनोट आजबाट सुरु हुने, नेपाल र सिंगापुर भिड्दै

Radio Chitwan
सोमवार, कार्तिक १३, २०८०

काठमाडौं,कात्तिक १३-

टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ। प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। खेल टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। एसोसिएट देश मध्येका सबैभन्दा उत्कृष्ट टिम नेपाल रहेको छ। फाइनलमा पुग्ने टोली विश्वकपका लागि छनोट हुनेछन्।

नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा मलेसिया र तेस्रोमा ओमानसाग प्रतिस्पधा गर्नेछ। समूहको शीर्ष दुईमा रहे नेपाल सेमिफाइनल पुग्नेछ। फाइनल पुग्ने टोली मात्र विश्वकपमा छनोट हुनेछ। नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्। दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन्। स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने देखिन्छ। टोलीमा अन्य परिवर्तनको सम्भावना छैन।

नेपालले सन् २०१४ मा नेपाल विश्वकप खेलिसकेको छ। नेपाललाई फेरि विश्वकपमा पुर्‍याउने अवसर रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपमा २० देश सहभागी गराउने भएसँगै नेपालको सम्भावना पनि बढेको छ। पछिल्लो केही महिनामा जसरी नेपालले खेलिरहेको छ त्यो फर्म कायम रहने भने हो नेपाल सहजै फाइनल पुग्न सक्नेछ। आज पहिलो दिन चार खेल हुनेछन्। बिहान ९ बजे मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ। ​ टियुमा दिउँसो साढे १ बजे ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। मुलपानी मैदानमा सोहि समयमा हङकङले कुवेतसँग भिड्नेछ।

आन्य समाचारहरु:-
November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

October 27, 2023
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजः उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं,कात्तिक १०- त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको […]

October 19, 2023
रत्ननगरमा मैत्रिपूर्ण फुटबल : पत्रकार टोलीको जि

रत्ननगर , कार्तिक २ । रोटरी क्लब अफ रत्ननगर र पूर्वी चितवनमा क्रियाशिल पत्रकार बीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । बडादसैँ , शुभ दिपावल तथा छठ पर्वको अवसरमा […]

October 19, 2023
चितवन, कात्तिक २–

ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् । पछिल्ला दिनमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram