१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।
देउवा, ओली र दाहालको एकै स्वर: ‘दलीय व्यवस्था र राज्यका निकायप्रति संशय गर्नुपर्ने अवस्था छैन’

काठमाडौँ, कात्तिक ११-
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले अहिल्यै दलीय व्यवस्था, दल र राज्यका निकायहरूप्रति संशय व्यक्त गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । पुराना दल र दलीय व्यवस्थाप्रति उठेका प्रश्नहरूलाई आफूहरूले ठूलो चुनौतीका रुपमा नहेरेको शीर्ष नेताहरूको तर्क छ । कोजाग्रत पूर्णिमाको सन्दर्भमा कांग्रेसले शनिबार गरेको चियापान कार्यक्रममा सहभागी नेताहरूले प्रमुख दलहरू एकताबद्ध भएरै आफूहरूको भूमिकाप्रति उठेका प्रश्नहरूको जवाफ दिने बताए ।
चियापानपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले अहिले पुराना राजनीतिक दल र व्यवस्थाविरुद्ध उठिरहेका प्रश्नहरू राष्ट्र जनता र लोकतन्त्रको हितमा नरहेको बताए । त्यस्ता प्रश्नहरू समाजमा अराजकता पैदा गर्ने उद्देश्यले मात्रै उठाइएको आरोप उनले लगाए ।
‘एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेसम्म आफूप्रति त्यस्तो प्रश्नै नउठेको दाबी गरे । ‘अरू–अरूलाई त्यस्तो प्रश्न उठेको होला, हामीमाथि त्यस्तो प्रश्न उठेको छैन,’ ओलीको जवाफ थियो, ‘तर जसरी प्रश्न उठाउन खोजिएको छ, हामी त्यसको यथोचित समयमा जवाफ दिन्छौँ ।’
कांग्रेस सभापति देउवाले भने अहिले जवाफ फर्काउने बेला नभएको बताए । उनले कांग्रेस सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै आलोचनाहरूलाई सकारात्मकरुपमा ग्रहण गरेर अघि बढ्ने बताए ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित नगर स्तरीय उद्यमशिल महिला समुहले मंगलबार सातौं स्थापना दिवस मनाएको छ । २०६७ सालमा स्थापना भएको सो समुहले महिलाहरुलाई उद्यमी बनाउन गरेको कामको समीक्षा […]
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरस्थित स्काइराइडर आवासीय माविका दुई जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार सो […]
कालिका, बैशाख २२ । चितवनको कालिका नगरपालिकाले विद्यालय बाहिर रहेका किशोरी र गर्भवती महिलाहरूलाई पोषण, प्रजनन र स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेको छ । कालिका नगरपालिकाको आयोजनामा कालिका वडा नं. ८ […]

