Listen Live: 

देउवा, ओली र दाहालको एकै स्वर: ‘दलीय व्यवस्था र राज्यका निकायप्रति संशय गर्नुपर्ने अवस्था छैन’

Radio Chitwan
आइतवार, कार्तिक १२, २०८०

काठमाडौँ, कात्तिक ११-
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले अहिल्यै दलीय व्यवस्था, दल र राज्यका निकायहरूप्रति संशय व्यक्त गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । पुराना दल र दलीय व्यवस्थाप्रति उठेका प्रश्नहरूलाई आफूहरूले ठूलो चुनौतीका रुपमा नहेरेको शीर्ष नेताहरूको तर्क छ । कोजाग्रत पूर्णिमाको सन्दर्भमा कांग्रेसले शनिबार गरेको चियापान कार्यक्रममा सहभागी नेताहरूले प्रमुख दलहरू एकताबद्ध भएरै आफूहरूको भूमिकाप्रति उठेका प्रश्नहरूको जवाफ दिने बताए ।

चियापानपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले अहिले पुराना राजनीतिक दल र व्यवस्थाविरुद्ध उठिरहेका प्रश्नहरू राष्ट्र जनता र लोकतन्त्रको हितमा नरहेको बताए । त्यस्ता प्रश्नहरू समाजमा अराजकता पैदा गर्ने उद्देश्यले मात्रै उठाइएको आरोप उनले लगाए ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेसम्म आफूप्रति त्यस्तो प्रश्नै नउठेको दाबी गरे । ‘अरू–अरूलाई त्यस्तो प्रश्न उठेको होला, हामीमाथि त्यस्तो प्रश्न उठेको छैन,’ ओलीको जवाफ थियो, ‘तर जसरी प्रश्न उठाउन खोजिएको छ, हामी त्यसको यथोचित समयमा जवाफ दिन्छौँ ।’

कांग्रेस सभापति देउवाले भने अहिले जवाफ फर्काउने बेला नभएको बताए । उनले कांग्रेस सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै आलोचनाहरूलाई सकारात्मकरुपमा ग्रहण गरेर अघि बढ्ने बताए ।

आन्य समाचारहरु:-
November 22, 2023
सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म […]

October 27, 2023
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजः उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं,कात्तिक १०- त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको […]

October 15, 2023
आज २०८० साल असोज २८ गते आइतबार,यस्तो छ तपाईको राशिफल

चितवन,असोज २८- आज २०८० साल असोज २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशस् […]

October 12, 2023
राप्ती नगरपालिकाको जरुरि सूचना
रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram